Follow @khasokhasmag

देउवा सरकार कांग्रेसको अन्तिम सरकार हो : ओली


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

पालुंगटार(गोरखा) २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार नेपाली कांग्रेसको इतिहासमै अन्तिम सरकार भएको दावी गरेका छन् । गोरखाको पालुंगटारमा भएको संयुक्त चुनावी सभामा बोल्दै ओलीले भने कांग्रेसले दुई तिहाईको सरकार, बहुमतको सरकार र अहिलेको निरिह सरकार चलाएको बताउंदै मंसिर २१ गतेपछि देउवा सरकार कांग्रेसको इतिहासमै अन्तिम सरकार हुने तर्क गरे ।

बाबुरामलाई विदेशी भारी बोक्ने बुबुरो भन्ने अभिव्यक्ति दिएका ओलीले यो देश बनाउने बेला हो । कसैका प्रति दया माया वा टिठ लागेर मतदान गर्ने बेला होइन । एमाले र माओवादी एक भएर देशलाई स्थिरताको बाटोमा अघि बढाउने अभियान भएकाले कसैले सानो मन नगरिकन बामपन्थी उमेदबारलाई मतदान गर्न आग्रह गरे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com