६० वर्षपछि इटली विनाको विश्वकप


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

६० वर्षमा पहिलो पटक इटली विश्वकप फुटबलमा छनौट हुन विफल भएको छ।

चार पटकको विश्वकप विजेता मिलानमा भएको छनौटको अन्तिम मौका खेल अर्थात् ‘प्ले अफमा’ स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।

पहिलो चरणमा इटलीलाई ०-१ गोल अन्तरले हराएको स्वीडेनले अब अर्को वर्ष रुसमा हुने विश्वकपमा सहभागिता जनाउनेछ।

उक्त नतिजापछि इटलीका प्रशंसकहरुले निराशा व्यक्त गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेन

शोकाकुल

आँसुमा डुबेका इटलीका ३९ वर्षीय गोलरक्षक जानलुइजी बुफोनले टोलीका प्रशंसकहरुसँग माफी मागेका छन्।

उनले भने, “मेरो अन्तिम औपचारिक खेलबाट इटली विश्वकपका लागि छनौट हुन नसकेको संयोग दुर्भाग्यपूर्ण हो।”

“यसको सबैले जिम्वेवारी लिनुपर्छ, कसैलाई पनि एक्लै दोषी बनाउनुहुँदैन।”

इटलीको एउटा प्रमुख खेल समाचारपत्रले टोलीको विफलतालाई ‘महाप्रलय’ भनेको छ र फुटबल टोलीका प्रशिक्षकलाई बर्खास्त गर्न माग गरेको छ।

इट्ली

तर इटलीका व्यवस्थापक ज्यामपिएरो भेन्टुराले आफ्नो राजीनामाबारे केही बताएका छैनन्।

इटलीका एकजना खेल पत्रकार मिना रुजुकी भन्छिन्, “विश्वकप खेल्न नपाउनु इटलीका लागि राष्ट्रिय शोक हो।”

अर्का विश्लेषकले स्विडेनसँगका दुई खेलमा एउटा पनि गोल गर्न नसक्ने इटलीको टोलीलाई माफी दिन नसकिने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com