रविन्द्र मिश्र भन्छन्- दोस्रोको कुरै नगर्नोस्, म पहिलो भैसकें !


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

राजधानीको थापागाउँमा साझा विवेकशील पार्टीका संयोजक एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रको सम्पर्क कार्यालय छ । कार्यालयमा बिहानैदेखि कार्यकर्ता र समर्थकहरुको भीडभाड देखिन्छ । आइटीमा दख्खल राख्ने केही युवाहरु कम्प्युटमा व्यस्त देखिन्छन् । पर्चा पम्प्लेट छरपस्ट देखिन्छ ।

सोमबार दिउँसो मिश्रको सम्पर्क कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको एउटा टोली छिर्‍यो । मिश्र टेलिफोनमा व्यस्त थिए ।

टेलिफोन सम्वाद सकिनेवित्तिकै एक युवक अभिवादन गर्दै मिश्रको छेउमा पुगे । र, भने- ‘सर नमस्कार, मचाहिँ स्याङजाली हुँ, गोपालमान श्रेष्ठको क्षेत्रको । तर, म तपाईको पार्टीमा लाग्न चाहन्छु ।’

मिश्रले धन्यवाद व्यक्त गर्दै आफू व्यस्त रहेकाले अर्को व्यक्तिलाई सम्पर्क गर्न सुझाव दिए । र, उनी प्रहरीको छेऊतिर आए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूलाई नमस्कार गरिरहेका असईलाई मिश्रले ठट्टा गर्दै सोधे- ‘तपाईहरु मलाई समाउन आउनुभएको त होइन नि ? राजनीतिमा लागिएको छ, के हो, के हो नि !’

असईले भने- ‘होइन हजुर, हामी हजुरहरुकै सुरक्षाका लागि खटिएका हौं ।’

त्यसपछि अनलाइनखबरकर्मीले मिश्रसँग जिज्ञासा राख्ने पालो आयो- अनलाइनखबरसँगको अन्तरवार्तामा प्रकाशमान सिंहले पहिलो मै हुँ, दोस्रो को हुने, रविन्द्र मिश्र र अनिल शर्मालाई सोध्नोस् भन्नुभएको छ, तपाई दोस्रो त भइसक्नुभयो हैन ?

‘दोस्रो’ भनेकोमा असहमति जनाउँदै मिश्रले भने- ‘हैन हैन, दोस्रोको कुरै नगर्नोस्, काठमाडौं १ मा म पहिलो भइसकें ।’

सिंह र मिश्र दुबैमा उस्तै आत्मविश्वास

अन्तरवार्ताका लागि चाक्सीबारीमा पुग्दा कांग्रेस उम्मेदवार प्रकाशमानसिंह आफूले जित्नेमा ढुक्क देखिन्थे । उनको बडी ल्याङ्वेजले नै काठमाडौं १ मा आफूले ढुक्कसँग जित्ने बताउँथ्यो ।

तर, प्रकाशमानको जस्तै आत्मविश्वास तराजु चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका रविन्द्र मिश्रमा पनि देखियो । तीन दिनअघि थापागाउँमा आयोजना गरिएको भेलामा उत्साहजनक उपस्थिति देखेपछि मिश्र आफ्नो जितमा झनै ढुक्क देखिएका हुन् ।

मिश्रले आफूलाई काठमाडौं १ का उम्मेदवार हरिबोल भट्टराईले पनि समर्थन जनाउने र अन्तिम घडीमा आएर वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले पनि सहयोग गर्ने अपेक्षासमेत व्यक्त गरे । यद्यपि उनीहरुको समर्थन विनै एक्लै पनि जित पक्का भइसकेको उनले दाबी गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com