‘मोदीजीसँग खुलेर कुरा भयो’


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताएका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुआत भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताए ।

उनले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, ‘मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरेँ । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्ण रूपमा सफल भएको छ ।’

संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उनको कथन थियो । प्रधानमन्त्रीले भने, ‘सबैको सहमतिमा सर्वमान्य तवरले संविधान संशोधन हुन्छ । त्यो प्रक्रिया ऐतिहासिक हुन्छ भन्ने मेरो ठहर छ ।’

नेपालको संविधान सहज रूपमा कार्यान्वयन हुने प्रक्रियामा अगाडि बढेको र नेपालको आन्तरिक विषय आन्तरिक तवरबाटै हल गर्न आफू र आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको कथन थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने उल्लेख गरे ।

‘विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भारत र चीनजस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ ।’

भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उनले जोड दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com