कालिकोटवासीको माग, पानी खान दिनेलाई मात्र भोट


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

कात्तिक २७, कालिकोट जिल्लाको पचालभरना गाउँपालिका ८ का तोलीभीर ठूलाचौरका स्थानीयवासीले आफूहरूलाई पानी दिनेलाई मात्र भोट दिने बताएका छन्। गाउँमा लामो समयदेखि खानेपानी व्यवस्था नभएका कारणले पानी दिनेलाई मात्र भोट दिने बताएका हुन्।

गाउँमा कुनै राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको तर गाउँमा कोही पार्टीको उम्मेदवार भोट माग्न आएमा पहिलो प्राथमिकता खानेपानी माग गर्ने रहेको यहाँका स्थानीयले बताएका छन्। लामो सयमदेखि धेरै राजनीतिक दलहरुले भोट माग्नका खानेपानी व्यवस्था गरिदिने वाचा गरे पनि कसैले पनि गाउँमा खानेपानीको व्यवस्था नगरेका कारणले अहिले चाँहि पहिले खानेपानी त्यसपछि भोट दिने निर्णय गरिएको स्थानीय नन्दप्रसाद संज्यालले बताए।

‘हामीले भोट माग्ने उम्मेदवारसँग पहिलो सर्त खानेपानी उपलब्ध गराउनुपर्ने सर्त रहेको छ।’ उनले भने, ‘जुन दल र उम्मेदवारले खानेपानी सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाउन सक्छ, उसैलाई मत दिने मेरो चाहना छ।’ यसअघि, पनि चुनावमा भोट माग्दा खानेपानी सजिलै उपलब्ध गराउने भने पनि कसैले केही नगरेको, जितेका र हारेका उम्मेदवार फर्किएर गाउँमा नआएको स्थानीय कर्णप्रसाद संज्यालले बताए। ‘यसभन्दा अघि हारे जितेका कोही पनि गाउँमा आएनन्।’ उनले भने, ‘खानेपानी व्यवस्था गर्छु भन्ने उम्मेदवारहरुले गाउँलाई कहिल्यै पनि सम्झिएनन्।’ गाउँमा खानेपानीको व्यवस्था नहुँदा गाउँका धेरै मानिसहरु बसाइँसराइ गरेको र खाली हुन थालेको स्थानीय रामबहादुर शाहीले बताए। ‘गाउँमा खानेपानी नहुँदा कैयौँ मानिसहरु बस्ती नै सरिसके। उनले भने,‘ पहिला धेरै घर भएको तोलीभीर गाउँ अहिले खाली नै भइसक्यो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com