यात्रुवाहक बस दुर्घटनामा तीन जनाको मत्यु


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

कात्तिक २६ कैलाली । कैलालीको ढकेनीमा आइतबार बिहान ना ७ ख २७२३ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीबाट महेन्द्रनगर जाँदै गरेको बस ढकेनीमा दुर्घटनाग्रस्त भएको हो । बस दुर्घटनामा ४२ जना घाइते भएका छन् । मृतक सबै महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

केहीको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com