टुरिजम समिटका विजेताको नेपाल भ्रमण


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

नेपालको पर्यटन प्रवर्धनका लागी अमेरिकामा आयोजना गरिएको नेपाल टुरिजम समिट २०१७ का एकजना विजेता नेपाल भ्रमणका लागी प्रस्थान गरेका छन् ।
न्यूयोर्कमा गत जुलाइमा आयोजना गरिएको समीटमा गोलाप्रथाद्धारा विजयी अमेरिकी नागरिक आना मरिस्का र उनकी साथी चेर्यल बुलबेचलाइ आज नेपाल पर्यटन बोर्डका न्यूयोर्कस्थित अवैतनिक प्रतिनिधि प्रदिप श्रेष्ठले बिदाइ गर्नुभयो । पहिलो पटक नेपाल जान लागेका उनिहरु न्यूयोर्क ब्रूकलीन निवासी हुन् । “हामीले नेपालको हिमाल र मौलीक संस्कृतीको बारेमा धेरै सुनेका छौँ, पहिलो पटक सगरमाथाको देशमा जान पाउदा ज्यादै हर्षित छौँ,” आनाले भानिन् । उनले काठमाण्डौँ, पोखरा जस्ता सुन्दर शहरमा भ्रमण गर्ने अवसर जुराइदिएकोमा नेपाल पर्यटन बोर्डलाइ आभार व्यक्त गरिन् ।

आना र चेर्यलले नेपाल भ्रमणको बारेमा समाजीक संजालमा व्यापक प्रचार गर्ने र फर्किए पछि एक संस्मरण प्रकाशित गर्ने योजना पनि सुनाए । नेपाल पर्यटन बोर्डले जुलाइ ६ देखि १२ सम्म बोस्टन, बासिगंटन डिसी र न्यूयोर्कमा नेपाल टुरिजम समिट संचालन गरेको थियो । सो समिटमा गोलाप्रथाद्धारा विजयी आनालाइ अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले पुरस्कार प्रदान गरेका थिए । उनले पुरस्कार बापत टर्किस एअरलाइन्सको दुइतर्फी हवाइ टिकट र १० दिन नेपाल बस्न तथा घुम्नको लागी नेपाल पर्यटन बोर्डको प्रायोजन हात पारेकी थिइन । “पर्यटन प्रवर्धनमा सघाउ पु–याउने उदेश्यले यस्तो कार्यक्रम राखिएको हो, आगामि दिनमा पुरस्कारको संख्या थपिने छ” पर्यटन प्रतिनिधि श्रेष्ठले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com