बलात्कारी बाबु पक्राउ
प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

दाङ श्रीतीसँगै ल्याएको० झट्केली छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बंगालाचुली गाउँपालिका वडा नं।५ साकिनेका वर्ष ३२ का भीमबहादुर गिरीलाई प्रहरीले पक्रेको हो। उनले १४ वर्षकी झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार गर्दै आएको भन्दै उजुरी परेको छ। गिरीविरुद्ध जबरजस्तीकरणीअन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिइन्। यसैबीच अवैध गर्भपतन गराएको अभियोगमा प्रहरीले घोराहीबाट दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका (१५ क्याम्पस रोडमा पियुष मेडिकल सञ्चालन गरिरहेका स्थानीय ४० वर्षीया किरण भण्डारी र घोराही–३ झिङ्नीकी ४२ वर्षीया कल्पना श्रेष्ठ रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्। उनीहरुले मिस्टोल नामक् औषधी खुवाई घोराही–३ झिङ्नीकी २५ वर्षीया शान्ति चौधरीको २२ गर्भपतन गराएको प्रहरीले जानकारी दिए ।