पर्यटकको भेषमा प्रवेश गरेका १५ विदेशी चोर पक्राउ


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

कात्तिक २१ काठमाडौं । विभिन्न देशबाट पर्यटकको भेषमा नेपाल आएर नेपालीको एटीएम कार्डको पिनकोड नम्बर चोरी रकम निकाल्न पल्केका पूर्वी युरोपका १५ नागरिक प्रहरीको फन्दामा परेका छन् । पर्यटकको भेषमा नेपाल छिरेका र अरुको एटीएम प्रयोग गरी रकम चोर्ने ती विदेशी चोरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कानुनी दायरामा ल्याएको छ ।

अुसन्धानका क्रममा करिब २ वर्षको अवधिमा १५ विदेशी चोर प्रहरीको फन्दामा परेका हुन् । उनीहरुमध्ये केहीलाई सजाय भुक्तान गरी स्वदेश फिर्ता गरिएको छ भने केही अझै जेलमा छन् । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार ४ जना रोमानियन, ४ जना टर्किस, ३ जना बुल्गेरियन र ४ जना मोल्दोभियन नागरिक एटीएमको पिन चोरी गरेर रकम निकालेको भेटिएपछि कारवाहीमा परेका छन् । उनीहरुबाट ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय ४५ अमेरिकन डलर र ७३ हजार ८ सय ७५ युरो बरामद भएको छ ।

उनीहरुले रकम चोरी गर्दा प्रयोग गरेका उपहरण पनि ठूलो परिमाणमा बरामद गरिएको बताएएको छ । १४ सय ३९ थान एटिएम कार्ड, ठूलो परिमाण्मा कार्ड स्क्यानिङ डिभाइस, स्पाई क्यामेरा, ल्यापटपलगायत सामग्री बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

यसरी गर्थे चोरी
अनुसन्धान अधिकारीका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । त्यो गिरोहले उतैको एटीमए बुथमा वेबक्याम राखेको हुन्छ । कतिपय एटीएम बुथभित्रै पिनकोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखिएको हुन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यसरी पिन कोड पाएपछि उनीहरु एटीएममा त्यो पिन कोड र उक्त व्यक्तिको विवरण भरेर भिषा तथा अन्य विजनेस कार्डहरु तयार पार्छन् ।

यसरी तयार पारेको कार्डलाई तस्करहरुले बैकिङ सुरक्षा कमजोर भएको र सहजै आवजावत गर्न मिल्ने देशलाई रोज्छन् । यसमध्येको एक नेपाल पनि हो । पक्राउ परेका १५ चोरले बेलायत, फ्रान्स, जर्मनी, पेरू, रसिया, इटाली, साउथ कोरिया, कोस्टारिका, जापान, इन्डोनेसियालगायत मुलुकका नागरिकको एटीएम ह्याक गरी रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ । ती चोरहरुले पछिल्लो समय नेपाली ग्राहकको पनि एटिएमको पिन कोड चोरी गरेको तथ्य खुलेको छ । तर, उनीहरुले चोरी गरेको धेरै डाटाहरु बाहिर पास हुन नपाएको ब्युरोको दाबी छ ।

अनुसन्धान अधिकारीका अनुसार यसरी ह्याक गरी एटीएमबाट निकालेको रकम ६० प्रतिशत मुख्य ह्याकरले लिने गरेको हुन्छ भने ४० प्रतिशत एटीएमबाट रकम निकाल्नेले लिने गर्छ ।

पिन कोड ह्याक गर्ने र एटीएमबाट रकम निकाल्नेको प्रायःजसो चिनजान पनि हुँदैन । पिन कोड ह्याक गरी नयाँ एटीएममा विवरण भरेर मुख्य ह्याकरबाट अर्कोको हातमा एटिएम पुग्छ, अनि त्यसपछि मात्र एटीएममा पैसा झिक्नेको हातमा पर्छ । अनि उनीहरुले भिजिट भिषामा नेपाल आएर रकम निकालेर डलर तथा युरोमा साटेर फिर्ता लाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार यसरी ह्याक भएका एटीएम तीन प्रकारले प्रयोग हुने गरेका छन् ।

पहिलो, नेपाल तथा भारतका क्यासिनोमा स्वीप गरी रकम निकाल्ने । दोस्रो, नेपालीहरुलाई प्रयोग गरी महँगा सामान जस्तै– क्यामेरा, मोबाइल, घडीलगायतका महँगा सामान अनलाइनमार्फत सपिङ गर्ने र तेस्रो नेपाल घुम्न आउने बहानामा पर्यटक भिषामा नेपाल आउने र रकम निकाल्ने, होटल तथा रेष्टुरेन्टडमा कार्डमार्फत बिल तिर्ने र नेपाली बैंकका एटिएमबाट रकम निकालेर फर्कने ।
नेपालको बैंकिङ प्रणाली सुरक्षित नभएकाले ह्याकरको रोजाइमा नेपाल परेको सीआर्इबीले बताउँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com