सडक दुर्घटना १९ को मृत्यु


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

पश्चिम भारतीय राज्य गुजरातमा भएको सडक दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

ट्रक र भ्यान एक आपसमा ठोक्किदा भएको यस दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सो दुर्घटनामा बस चालकसहित १३ को मृत्यु भएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये चारको अवस्था गम्भिर भएको जनाइएको छ ।
चालकसहित २२ व्यक्ति सवार रहेको सो बसमा क्षमताभन्दा बढी व्यक्ति रहेका जनाइएको प्रहरीले जानकारी दिएको छ ।

उच्च गतिमा रहेको यस भ्यानका चालकले आफ्नो नियन्त्रण गुमाएका कारण उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार उत्तरी भारतीय राज्य पञ्जावमा भएको एक सडक दुर्घटनामा परी छ जना व्यक्तिको मत्यु भएको छ ।

बिपरीत दिशाबाट आएका दुईवटा बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानामा छ जना व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका छन् ।

प्रहरी अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com