रोयल व्यांक्वेटबाट आयो वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

एमाले–माओवादी वाम गठबन्धनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको साझा घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको तीनकुने स्थित रोयल व्यंक्वेटमा एक कार्यक्रमको आयोजना गरी वाम गठबन्धनले आफ्नो साझा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।


एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरुकाबीच संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्रको मुख्य मुख्य बुँदाहरुको विषयमा जानकारी गराए । १० वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय ५ हजार डलर पुर्‍याउने, धनी गरिव बीचको खाडल पुरेर सन्तुलित समाजको निर्माण गर्ने, युवा तथा खेलकुदलाई विशेष प्राथमिकता दिने, सूचना प्रविधिलाई आम नागरिकमाझ पुर्‍याउने र हुलाक सेवालाई आधुनिकीकरण गर्ने लगायतका ठोसठोस कार्ययोजना प्रस्तुत गरे ।


त्यस्तै एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको घोषणापत्र चुनावी घोषणापत्र मात्रै नभएर राष्ट्र निर्माणको घोषणापत्र भएको उल्लेख गरे । उनले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र स्थायीत्व र नेपालको समृद्धिको विषयमा पाँचवटा ग्यारेन्टी वाम गठबन्धनको घोषणापत्रमा भएको बताए । वाम गठबन्धनको उदेश्य महान र पवित्र भएकाले आफूहरुको घोषणापत्र सर्वाेत्कृष्ट भएको ओलीले दावी गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com