अस्ट्रेलियामा विद्यालयभित्र कार दुर्घटना हुँदा २ बालकको मृत्यु, आधा दर्जन घाइते


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

नारायण खड्का, अस्ट्रेलिया

कार्तिक २१, २०७४-सिड्नीको एक विद्यालयमा मंगलबार बिहान कार विद्यालयभित्र दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने आधा दर्जन बढी बालबालिकाहरु घाइते भएका छन् ।

सिड्नीको ग्रिनएकरमा रहेको बेन्कसिया प्राइमरी विद्यालयको कक्षाकोठाभित्र ५२ वर्षीया महिलाले चलाइरहेको कार दुर्घटना भएको थियो । घटनामा ८ वर्षीय दुई बालकको मृत्यु भएको र ९ जना बालबालिकाहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पताल लगिएको भए पनि केही समयपछि मृत घोषित गरिएको थियो ।

दुर्घटनाको समयमा कक्षाकोठाभित्र शिक्षिकासहित जना ८ देखि ११ वर्षका २४ बालबालिकाहरु अध्ययनरत थिए । घटनापछि चालक महिलालाई प्रहरीले आवश्यक स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ९:४५ मा भएको घटनामा उक्त कार कक्षाकोठाभित्रसम्म छिरेको बताइएको छ । कार पार्किङ्ग गर्ने क्रममाा महिलाले नियन्त्रण गुमाएको उल्लेख गरिएको छ । उद्दारमा खटिएका स्वास्थ्यकर्मीहरुले दुर्घटना दुखदायी भएको बताएका छन् ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com