Follow @khasokhasmag

टेक्सासमा चर्चमा गोली चल्यो, कम्तीमा २० को मृत्यु


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

टेक्सासको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । साउदर ल्याण्ड स्प्रींग टेक्सासमा भएको घटनामा कैयन घाइते भएका छन् । स्थानीय समय अनुशार विहान साढे ११ बजेतिर आइतवारको प्राथना चलिरहदा घटना भएको हो ।

घटनापछि बन्दुकधारीको पनि मृत्यु भएको छ । तर बन्दुकधारी आफैले आफैलाई गोली हानेको हो वा प्रहरीको गोली लागेर मृत्यु भएको हो भन्नेबारे स्पष्ट छैन । बन्दुधकारीले चर्चभित्र प्रवेश गर्नासाथ गोली चलाउन सुरु गरेको थियो । घटनाबारे एफबीआईले अनुसन्धान गरिरहेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com