२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

न्यूयोर्कमा दोहोर्याएर अपराध गर्नेको सङ्ख्यामा २०६ प्रतिशतले वृद्धि

Photo: Janne Simoes/ Unsplash

न्यूयोर्क शहरमा दोहोर्याएर गम्भीर अपराध गर्ने अपराधीहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको न्यूयोर्क प्रहरी विभागको हालै सार्वजनिक तथ्याङ्कले देखाएको छ। विगत आठ वर्षको तथ्याङ्क तुलना गर्दा यस्ता अपराधीहरूको गिरफ्तारीमा २०६ प्रतिशतले वृद्धि भएको छ।

एनवाइपीडीका अनुसार, यो वर्ष मात्रै तीन वा सोभन्दा बढी पटक गम्भीर आक्रमणको अभियोगमा पक्राउ परेका २६३ जना अपराधीहरूलाई नियन्त्रणमा लिइएको छ। सन् २०१८ को सोही अवधिमा यो सङ्ख्या मात्र ८६ थियो।

आलोचकहरूका अनुसार सन् २०१९ मा तत्कालीन गभर्नर एन्ड्र्यु कुओमोद्वारा लागू गरिएको नगद जमानतविहीन कानून र केही प्रगतिशील जिल्ला सरकारी वकीलहरू तथा न्यायाधीशहरूको खुकुलो नीतिका कारण अपराध बढेको हो। म्यानहटनका जिल्ला सरकारी वकील अल्भिन ब्राग जस्ता अधिकारीहरूले वास्तविक अपराधीहरूलाई कारबाही गर्नुको साटो आत्मरक्षार्थ कदम चाल्ने सर्वसाधारणमाथि कडा रुप अपनाएको आरोप लगाइएको छ।

स्थानीय काउन्सिल सदस्य जोआन एरियोलाले यो स्थितिलाई फर्किने ढोका जस्तै फितलो न्याय प्रणालीको परिणाम भएको बताएकी छन्। उनले भनेकी छन्, “उही अपराधीहरूले बारम्बार सर्वसाधारणलाई पीडित बनाइरहेका छन् र पक्राउ परेपछि पनि उनीहरूले सामान्य सजाय मात्र पाइरहेका छन्।”

हालै रमेल बर्क नामक पटक-पटक अपराध गरेका व्यक्तिले धेरै गम्भीर अपराध गर्दा पनि सजिलै छुट पाएका थिए। पछि तिनै व्यक्तिले सबवेको सिँढीबाट धक्का दिएर रोस फाल्जोनको हत्या गरेको आरोप लागेको छ।

यद्यपि, एनवाइपीडीका प्रमुख जेसिका टिस र प्रहरी टोलीको प्रयासले गर्दा यो ग्रीष्मकालीन याममा हत्या र गोलीबारीका घटनाहरू ऐतिहासिक रूपमा सबैभन्दा कम स्तरमा झरेका छन्। तर, दोहोर्याएर अपराध गर्ने दोहोर्‍याएर अपराध गर्ने व्यक्तिहरूको सङ्ख्या भने निरन्तर बढिरहेको छ। सन् २०२४ को अन्त्यसम्ममा दोहोरिएका गम्भीर आक्रमणका घटनाहरूमा १४६ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ।

यदि सन् २०१९ को कानूनमा सुधार र विधायिकामा राजनीतिक परिवर्तन नगरिएमा आगामी वर्षहरूमा सुरक्षा स्थिति अझै चुनौतीपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।