Follow @khasokhasmag

रविन्द्र मिश्रमाथि खनिए प्रकाशमान सिंह


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

१८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिपर्धी रविन्द्र मिश्रमाथि खनिएका छन् ।

पूर्वपत्रकार समेत रहेका मिश्र विवेकशील साझा पार्टीका उम्मेदवार हुन् भने एमाले र माओवादी गठबन्धनबाट अनिल शर्मा चुनावी मैदानमा छन् ।

शनिबार आयोजित चुनावी कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले मतदान गर्नुअघि चार पटक सोच्न मतदातालाई आग्रह गरेका छन् । आवेगमा आएर मतदान नगर्न आग्रह गर्दै उनले भने, ‘देश हाँक्छु भनेर हिडेका नेताहरुलाई जिताउँदा राम्रो हुन्छ कि विदेशमा बसेर डलर कमाएर आएकाले म सुधार गर्छु रे । के सुधार गर्नुहुन्छ ?’

मिश्रप्रति लक्षित गर्दै उनाले आफू लोकतन्त्रका लागि लडिरहँदा राजतन्त्रको पक्षमा कमल चोप्नेहरु अहिले क्रान्तिकारी उम्मेदवार बनेको आएको बताए ।

उनले अघि भने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाट बाहिर आउँदिन भन्नेको छोरा र तपाईहरुलाई रैतिबाट जनता बनाउन पिताको छोरा उम्मेदवार छ ।’

भारतीय चुनावमा सुपरस्टारले ठूला नेताहरुलाई हराउने तर, ५/६ महिनापछि काम गर्न सकिँन भनेको स्मारण गर्दै उनले भने, ‘यहाँ पनि नहोला भन्ने के ग्यारेन्टी ?’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com