पाँच वर्षमुनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

काठमाडौं– सरकारले देशभरका बालबालिकालाई सात करोडको औषधि खुवाउन चार करोड खर्चिने भएको छ । बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम अन्तर्गत यो रकम खर्च हुन लागेको हो । बालस्वास्थ्य महाशाखा युएसएआईडी, युनिसेफलगायत विभिन्न संंघ संस्थाको सहकार्यमा कार्तिक १६ र १७ गते यो कार्यक्रम संचालन गरिएको हो । चबतयउबतष्

अभियान अरनतर्गत ६ महिनादेखि ५ वर्ष सम्मका २६ लाख बालबालिकालाई भिटामिन “ए” र एक वर्षदेखि ५ वर्षको २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाईनेछ । कार्यक्रम अन्तर्गत आज दोस्रो दिन छुटेका बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाईनेछ ।

विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय कार्यक्रम संचालन गर्दै आएको नेपाल सरकारले ३ वर्षयता पूर्ण रुपमा आफैँले औषधि खरिद गर्दे आइरहेको छ । दुईै दिनको राष्ट्रिय कार्यक्रममा क्याप्सुल किन्नका लागि ५ करोड र अल्जेन्टाका लागि साढे २ करोड लाग्ने बालस्वास्थ्य महाशाखा पोषण शाखा अधिकृत स्मृति बतौलाले जानकारी दिइन् ।

यस्तै सरकारले यो कार्यक्रम सफल पार्न ५१ हजार स्वंयमसेविका परिचालन गरेको छ । स्वंयमसेविकाको दुईदिनको भत्ताको लागि मात्रै ४ करोड १५ हजार खर्च लाग्ने छ । विगत २ वर्षदेखि स्वंयमसेविकाको भत्ता २ सयबाट बढाएर ४ सय बनाइएको छ ।
रातोपाटी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com