मधेसमा रोचक चुनावी प्रतिस्पर्धा


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

काठमाण्डौं, १६ काक्तिक । कांग्रेस र मधेशी दलबीच गठबन्धन नभएपछि २ नम्बर प्रदेशका ३२ क्षेत्रको निर्वाचन रोचक हुने भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो पटक मधेश आन्दोलनको केन्द्र मानिने सप्तरी २ बाट उमेदवारी दिएका छन् । उनलाई बाम गठवन्धनका पूर्व मन्त्री माओवादी उम्मेदबार उमेश यादव र कांग्रेसका निर्वतमान सांसद सक्कल देव सुकीहारले टक्कर दिंदैछन् । राजपा र फोरमबीच गठवन्धन भएपनि यादवलाई राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले वागी उमेदवारी दिएर थप तनाव दिएका छन् । राजेन्द्र महतोले धनुषा ३ बाट उम्मेदबारी दिएका छन् ।

उनको कांग्रेसका विमलेन्द्र निधिसंग प्रतिस्पर्धा हुने भएको छ भने वाम गठवन्धनका उमेदबार राम सिंहले समेत थप अप्ठ्यारो पार्ने निश्चि त छ । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरविरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । महोत्तरी २ मा राजपाका शरदसिं भण्डारीले उम्मेदबारी दिएका छन् । त्यहां कांग्रेसका किरण यादव र वाम गठवन्धनका उमेदबारले टक्कर दिनेछन् ।

महोत्तरीको १ मा गिरिराजमणि पोखरेलले बाम गठवन्धनको तर्फबाट उम्मेदबारी दिएका छन् । उनी यसअघि २ वटा चुनावमा विजयी भएको क्षेत्र हो । पूर्व स्वतन्त्र सांसद बबन सिंहलाई फोरमले टिकट नदिएपछि उनी बागी उमेदबारका रुपमा रौतहट १ बाट उमेदबारी दिएका छन् । माअ‍ोवादी मन्त्री प्रभु साह रौतहट ३ बाट उमेदबारी दिएका छन् । उनीसंग कांग्रेसका सुनिल कुमार यादवले प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन । झा केही महिनाअघि मात्र राजपा प्रवेश गरेका थिए । यस्तै राजपाका अनिल झा रौतहट १ बाट चुनाव लड्दैछन भने नेपाली काँग्रेसबाट कृष्णप्रसाद यादव र बाम गठबन्धनका सत्यनारायण भगत प्रतिस्पर्धामा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com