‘आक्रमणपछि न्युयोर्कको जनजीवन सामान्य’


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

अमेरिकाको होमल्याण्ड सेक्युरिक्टीका कार्यवाहक सेक्रेटरी एलेन ड्युकले मंगलबार न्युयोर्कमा गाडी जोताएर ८ जनाको ज्यान लिने घटना भएपनि अहिले जनजीवन सामान्य भएको बताएकी छिन्।

बुधबार विहान वक्तब्य जारी गर्दै उनले न्युयोर्कबासीहरु विहानै उठेर सामान्य तरिकाले जनजीवन सुरु गरेको बताएकी छिन् । उनीहरुले अमेरिकनहरु आतंकबादबाट डराउने वा धम्कीबाट प्रभावित नहुने कुरा विश्वमाझ देखाएको ड्युकको भनाई छ । उनले भनेकी छिन् – ‘हामीले हाम्रो देश, हाम्रा मान्यता र हाम्रो जीवनको बाटोका संरक्षणका लागि आतंकबाद आतंकबादी घृणाको प्रतिरोध निरन्तर जारी राख्नेछौं ।’

उनले मंगलबार न्युयोर्कमा भएको घटनाको निन्दा गर्दै प्रभावितहरुप्रति समवेदना र प्राथना व्यक्त गरेकी छिन् । गएराती आफूले न्युयोर्कका गभर्नर कुमो, मेयर डे ब्लाजिओ र न्युयोर्क पुलिस डिपार्टमेन्टका कमिश्नर ओनियलसँग कुराकानी गरेको र घटनाको अनुसन्धानबारे जानकारी लिएको पनि उनले जनाएकी छिन् । एफबीआई र न्युयोर्क पुलिस डिपार्टमेन्टका तर्फबाट भइरहेको अनुसन्धानलाई आफूहरुले सघाइरहेको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com