म्यानहटन आक्रमणको आतंकबादी घटनाका रुपमा छानविन सुरु


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

आज दिउसो न्युयोर्कको म्यानहटनमा भएको घटनालाई अमेरिकी सुरक्षा अधिकारीहरुले आतंकबादी हमलाका रुपमा छानविन अगाडि बढाई रहेका छन् । आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा अल्लाहु अकबर भन्दै चिच्याएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । एफबीआईको संयुक्त आतंकबादी टास्क फोर्सले घटनाको अनुसन्धानको नेतृत्व लिएको छ ।

दिउसो ३ बजे एकजना आक्रमणकारीले साइकलको लेनमा हिडिरहेका सर्वसाधारणमाथि भ्यान लगेर जोताउदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कम्तीमा ११ जना घाइते भएका छन् । घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो । त्यसपछि आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com