न्युयोर्कमा सडकमा हिडेकामाथि गाडी जोताएर आक्रमण, ६ को मृत्यु, ११ घाइते


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

न्युयोर्कको म्यानहटनमा आज दिउसो एकजना आक्रमणकारीले साइकलको लेनमा हिडिरहेका सर्वसाधारणमाथि गाडी जोताउदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कम्तीमा ११ जना घाइते भएका छन् । उक्त व्यक्तिले तल्लो म्यानहटनमा हडसन रिभरको छेउमा साइकल हिड्ने बाटोमा पिकअप भ्यान लगेर पैदलयात्रीमाथि जोतेको थियो । आक्रमणकारीले होम डिपोको गाडी चलाएको थियो । घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो ।

त्यसपछि उक्त व्यक्तिले नक्कली बन्दुक देखाउदै भ्यानबाट हाम्फालेको थियो । लगत्तै प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् । घटना आज दिउसो ३ बजे भएको हो । आक्रमणकारीले स्कुलबसमा समेत ट्रक ठोक्काएको थियो । तर क्षतिको विवरण प्राप्त भएको छैन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा अर्का एकजनाको समेत खोजी गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com