गुल्मीमा माइक्रो दुर्घटना हुँदा मृत्यु हुने संख्या ११ पुग्यो ; ९ जनाको सनाखत ( विवरण सहित )


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको मिनी माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ११ जनाको मृत्यु भएको र ६ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये ९ जनाकोसनाखत भएको छ । सनाखतहुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर बस्ने बर्ष अन्दाजी बर्ष ३१ का भिम बहादुर घर्ती मगर (ड्राईभर),गुल्मी मालिका गउँपालिका ६ बस्ने बर्ष ३० का लाल बहादुर मुखिया,गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौर बस्ने बर्ष २७ की यमुना पन्थी मरासिनी रहेकी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊ बस्ने बर्ष ५० की मानकुमारी थापा, ईस्मा गाउँपालिका ६ बस्ने बर्ष २६ का दिल बहादुर कुमाल, ईस्मा गाउँपालिका २ पालुका बस्ने बर्ष अन्दाजी ४५वर्ष की रुवि नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी,अर्घाखँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने बर्ष अन्दाजी बर्ष ३५ का राम प्रसाद पाण्डे, बुटवलका केशबहादुर गुरुङ्ग रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये इस्मा गाउँपालिका २ का सृजन मरासिनी र उनकी बहिनी शृष्टीको उपचार भइरहेको छ । बालक २ जनाको आमाको भने मृत्यु भएको छ । अन्य घाइतेहरुको पाल्पामा उपचार भइरहेकोले परिचय खुलेको छैन् । गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करिव ५ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जिप सड्कको नालीमा रहेको बताए । दुर्घटना स्थल ठुलो भिर र साघुरो बाटो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटना मृत्यु हुनेको विवरण :
१. पुर्बघर गुल्मी हाल बसाई बुटवल रहेको र गुल्मी वैलफेयरमा काम गर्ने बर्ष ४०\४२ को केश बहादुर गुरुङ ।
२. छत्रदेव गा.पा., ७ अर्घाखाचीको बर्ष ४३ को राम प्रसाद पान्डे ।
३. मालिका गा.पा., ६ गुल्मीका बर्ष २५\२६ को धन बहादुर मुखिया ।
४. ईश्मा गा.पा. ,६ बस्नौटा गुल्मीका बर्ष २४\२५ को बिर बहादुर कुमाल ।
५. ईश्मा गाउपालिका वार्ड नं- १ ताल्तुङ गुल्मीकी बर्ष ३२\३३ कि यमुना मरासिनी ।
६. मुसिकोट नगरपालिका वार्ड नं. ३ तोलादी गुल्मीकी बर्ष ५०\५२ कि बाल कुमारी थपा ।
७. ईश्मा गा.पा.२ गुल्मीकी बर्ष ४०\४२ कि रुमी नेपाली ।
८. जिल्ला गुल्मी रे.न.पा.१० सिमीचौर बस्ने वर्ष(३०\३५ को भिम बहादुर घर्ति हाईस चालक बाटोमा नै मृत्यु भएको लाश पाल्पा मिशनमा रहेको।
९. रुरु गा.पा.रिमुवा घर भई हाल रे.न.पा.८ बस्ने वर्ष ३४ की सुमित्रा दर्लामी बाटोमा नै मृत्यु भएको लाश पाल्पा मिशनमा रहेको ।
१०. ईश्मा गा.पा.६गुल्मीको बर्ष २८ को डिल बहादुर कुमाल ।
११. मालिका गा.पा. ७ गुल्मीको बर्ष २० को सुमन कार्की ।
घाइतेहरुको विवरण :
१. ईश्मा गाउपालिका वार्ड नं. १ बस्ने बर्ष ४ कि नाबालिका सृजना मरासिनी ।
२. ईश्मा गाउपालिका वार्ड नं. १ बस्ने बर्ष ढाई कि सृष्टी मरासिनी ।
३. जिल्ला गुल्मी रुरु गा.पा.१ बस्ने वर्ष १९ को माधव पोख्रेल शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
४. मुसिकोट न.पा.२ बस्ने वर्ष २३ को प्रकाश के.सी. शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
५. जिल्ला अर्घाखाँची मालारानी गा.पा.१ बस्ने वर्ष २९ को विष्णु प्रसाद भुषाल आँखामाथी चोट अवस्था मध्यम ।
६. जिल्ला गुल्मी चारपाला ४ बस्ने वर्ष २२ को गोकुल कार्की शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
७. जिल्ला गुल्मी घमीर बस्ने वर्ष १९ की एलिसा घिमिरे दाँया खुट्टामा काटिएको अवस्था मध्यम।
८. रे.न.पा.८ बस्ने वर्ष १३ की सुमित्रा दर्लामी शरिरको विभिन्न भागमा चोट मध्यम।
९. एक जना पुरुष वर्ष १८\१९ को सिरियस बोल्न नसक्ने नामथर वतन नखुलेको ।

स्रोत : जिप्रका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com