KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

संविधानमा तेस्रो लिङ्गीको अधिकारको व्यवस्था त छ तर अब कानुन बन्नुपर्छ

प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

पिंकी गुरुङ, अध्यक्ष, ब्लू डाइमण्ड सोसाइटी

यौनिक अल्पसंख्यक तेश्रो लिंगीहरुका लागि कृयाशिल ब्लू डाइमण्ड सोसाइटीबाट विभिन्न खाले सेवा लिएका तेश्रो लिंगीहरुको संख्या नेपालमा ७ देखि ८ लाख छ । तर, विलियम संस्थाले गरेको अनुसन्धानमा भने करिव नेपालमा ९ लाखको हाराहारीमा तेश्रो लिंगी समुदाय रहेको तथ्यांक छ ।

ब्लु डाइमण्ड सोसाईटीले नयाँ काम के गर्दै छ ?
ब्लु डाइमण्ड सोसाईटीले आफनो स्थापनादेखिनै यौन तथा लैङ्गिक अल्पसँगहरुको निम्ती आफना गतिविधि गरि रहेको छ । त्यही क्रममा सोसाईटीले ३० जिल्लाका ५३ भन्दा बढी शहरमा आफना गतिविधिहरु गरि रहेको छ । त्यस अन्तरगत एच.आई.भि एड्सको रोकथाम र यौन तथा लैङ्गिक अधिकारको विषयमा कार्यक्रम गरी रहेका छौं ।
अब हाम्रो जोड संविधानमा टेकेर हाम्रो सहभागितामा एलजीबीटीआई सम्बन्धी सकारात्मक कानुन बनाउने तर्फ छ भने यस्ता कानुन बनाउन सरकार र समुदायलाई सकरात्मक बनाउने तर्फ पनि हामी सक्रिय छौँ ।

नयाँ संविधानले के कस्ता माग समेटेको छ ?
अहिले संविधानमा तेस्रो लिङ्गीको पहिचान, समनाता र संलग्नताको व्यवस्था छ । तर, यो सम्बन्धी कानुन अझै बनेको छैन । हामीले हाम्रो अस्तित्व र पहिचानको कुरा उठाउँदै आएका थियौं । त्यो संविधानमा समावेश भएको छ तर, कानून बनेका छैनन् ।
त्यस्तै हामीले विभिन्न निकायमा हाम्रो सहभागिताको कुरा उठाउँदै आएका छौँ । हामीले आत्मसम्मान हुने खालको लंैङ्गिक पहिचान दिने र अन्य विभेद हटाउने कुरामा पनि जोड दिदैँ आएका छौँ । पुरुष र महिलाले परिवारदेखि सबैतिर जे जस्तो स्थान र सम्मान पाएका छन् तेस्रो लिङ्गीले पनि त्यही रुपले अधिकार र सम्मान पाउनु पर्दछ भन्ने हो ।

समाजको दृष्टिकोण र व्यवहार परिवर्तनका लागि कानुनमा अधिकार दिएर मात्र पुग्छ त ?
हाम्रो लागि कानुनी परिवर्तन महत्वपूर्ण विषय हो । यो सँगै तपाईले प्रश्न गरे जस्तै समाजको दृष्टिकोण परिवर्तन पनि हाम्रो निम्ती चुनौतीपूर्ण कुरा हो । सकारात्मक कानुन बन्यो भने त्यसले हामीलाई संरक्षण गर्दछ र आफनो अधिकारको निम्ती लड्ने आधार सृजना गर्दछ । कानुनी रुपमा संरक्षण भएन भने हामी विभेदमा पर्दछौँ । हाम्रो आवाज सुनिदिने कोही हँुदैन । त्यसैले कानुनी संरक्षणसँगै समाजको सोचमा सकारात्मक परिवर्तन पनि जरुरी छ । सामाजिक सोचाइमा सकारात्मक परिवर्तन गर्न शैक्षिक सामाजिक विभिन्न गतिविधि गर्नुका साथै विद्यालयस्तरको शिक्षादेखि नै यसबारे जानकारी दिने कुरा पनि हामीले उठाउँदै आएका छौँ । अहिले विद्यालयस्तरको शिक्षामा एलजीबीटीआई सम्बन्धी जानकारी दिने विषय पनि छन् । संस्थाले रेडियो कार्यक्रम मार्फत समाजमा चेतना फैलाउने काम पनि गरिरहेको छ ।

तेस्रो लिङ्गी पनि अरु जस्तै मानिस हुन् भन्ने बुझाई समाजमा कत्तिको पाउनु हुन्छ ?
बुझाइकोस्तर विभिन्न छ । कसैले बुझ्नै चाहँदैनन् । कसैले अलिअलि बुझेका छन । कसैले बुझेर बुझ पचाउँछन । तर, अहिले बिस्तारै–बिस्तारै बुभ्mदैछन् । ब्लु डाइमण्ड सोसाईटी स्थापना हुनु अघिसम्म यसबारे जानकारी थिएन । आप्mनै सुमदायको पनि पहिचान थिएन, सोसाईटी स्थापना भएपछि परक किसिमको लैङ्गिक अभिमुखिकरण र फरक किसिमको लैङ्गिक पहिचान सम्बन्धि विभिन्न तालिम भए सुचना आदान प्रदान गर्ने र अनुभवहरु ग्रहण गर्ने वातावरण बन्यो ।
हामीले आफनो मुद्दालाई राम्ररी बुझ्यौँ तर, अरुले त्यति गहिरीएर बुझेका छैनन् । राम्ररी बुझ्न त उनीहरुसँग उठ बस र अन्तरक्रिया गर्नु पर्दछ । तेस्रो लिङ्ग प्रकृतिसँग जोडिएको कुरा हो । समलिङ्गि र दुई लिङ्गि भन्ने कुरा कत्ति बुझ्ने भन्ने व्यक्तिको व्यक्तिगत कुरा पनि भयो । यो विषयमा बुझाउन सरकारले प्रयाप्त प्रचार प्रसार गर्नु पर्दछ । त्यसका निम्ती सरकारले विभिन्न माध्यम प्रयोग गरी जनचेतना मुलक प्रचार प्रसार नै गर्नु पर्दछ ।

आफ्नै परिवारले यो समस्या कत्तिको बुझ्ने गरेका छन् ?
परिवार र समाजको बुझाईकोस्तर पनि बढ्दो छ । तर सबै परिवार एकै स्तरका छैनन् । म आफू गुरुङ परिवारको व्यक्ति हुँ । लम्जुङको डाँडामा मेरा मामा माइजु फुफा फुफु काका काकी हुनुहुन्छ । उहाँहरुले फरक लैङ्गिक पहिचान भनेको कतै पढ्नु भएको छैन । म भन्दा अरुलाई देख्नु भएको पनि छैन । तर, उहाँहरुले यो प्राकृतिक कुरा हो । भगवानको देन हो भन्ने बुझनु भएको छ ।
उहाँहरुले नपढे पनि यो कुरा बुझनु हुन्छ तर, कतिपयले पढेर पनि यो कुरा बुझदैनन् । हाम्रो कुरालाई कसरी लिने भन्ने व्यक्ति अनुसार फरक पनि हुन्छ । मेरा केही साथीहरुका परिवारले बुझेका छन् । केही परिवारले बुझेका छैनन् । परिवारले नबुभ्mदा सोसाईटीका सदस्यहरु मानसिक रुपले बढी तनावमा हुनु हुुन्छ । सबै व्यक्तिलाई आफ्ना आफ्न्तको माया चाहिन्छ । परिवार र आफ्न्तले माया नगर्दा, समस्या नबुभ्mदा मानसिक तनावमा हुने र आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । हामीले हालै मिस पिङ्क पनि आयोजना ग¥यौं । त्यसको थिम नै मानसिक स्वास्थ्य र समृद्धि भन्ने थियो ।
हामीले मिस पिङको माध्यमबाट एलजीविटीआई सम्बन्धी मुद्दालाई वकालत गर्ने र समाजलाई सचेत बनाउने उदेश्यका साथ गरेका थियौँ ।

सोसाईटीमा कति आवद्ध हुनुहुन्छ ?
यो समुदायको संख्या कति छ भनेर संस्थाबाटै त अध्यायन अनुसन्धान गरेका छैनाँै तर, हामीसँग सम्पर्कमा आउनु भएका हामीले विभिन्न खाले सेवा दिएका व्यक्तिहरुको संख्या ७ देखि ८ लाख छ । विलियम भन्ने संस्थाले गरेको अनुसन्धानमा करिव ९ लाखको हाराहारीमा यो समुदाय छ भनेर आँकडा निकालेको छ ।
जनगणना गर्दा पनि गणकहरु सम्बन्धित व्यक्तिसम्म पुग्दैनन् । पुगि हाले पनि खुलेर म तेस्रो लिङ्गी हुँ भन्दैन । घर परिवारले पनि भन्न दिदँैनन् । जस्ले गर्दा यो समुदाय यतिनै छ भन्ने तथ्याङक आउँदैन ।
अब गरिने जनगणनाको टिममा तेस्रो लिङ्गी पनि हुनु प¥यो । होइन भने बाहिरको व्यक्तिलाई थाहा हुँदैन । उसलाई प्रश्न सोध्न अपठ्यारो पनि लागि रहेको हुन्छ । तेस्रो लिङ्गी र समलिङ्गी भन्ने शब्द नै सहज रुपले लिदैनन् ।

मिस पिङ्क पछि कस्तो प्रतिक्रिया आयो ?
मिस पिङ्कमा १८ जना सहभागि हुनुहुन्थ्यो । उहाँहरुलाई विगत केही समयदेखि तालिम पनि दियौँ । विशेषगरी ¥यापमा कसरी हिड्ने व्यक्तित्व विकास कसरी गर्ने विभिन्न प्रश्नको जवाफ कसरी दिने भन्ने तालिम दिएको थियो । विशेष गरी तेस्रो लिङ्गी साथीहरु फेसन डिजाइन जस्ता कुरामा रुचि राख्ने भएकाले यस्ता काम गर्न उत्साहित गर्ने व्यक्तित्व विकास गर्ने काम ग¥यौं ।

सोसाईटीको अन्तराष्ट्रिय नेटवर्क पनि छ ?
ब्लु डाइमण्ड सोसाईटी स्थापना भएपछि नेपालले दक्षिण एशियामै सबैभन्दा बढी प्रभावकारी काम गरेको छ । जसले गर्दा विश्वले हामीलाई विशेष ध्यान पूर्वक हेरिरहेको छ । अन्तराष्ट्रिय क्षेत्रबाट पनि सहयोग राम्रो छ । अन्तराष्ट्रिय स्तरमा भएको सम्बन्धले पनि नेपालमा संविधान लगायतका विषयमा हाम्रा मुद्दा स्थापित गराउन ठूलो सहयोग पुग्यो ।

पछिल्लो समय तपाई राजनीतिमा बढी सक्रिय हुनु भएको छ , किन ?
राजनीतिक रुपले सबै तह तप्काका मानिस सचेत हुनु पर्दछ भन्ने मेरो मान्यता हो । विदेशतिर युवाहरु जसरी राजनीतिमा सचेत छन् तर हाम्रोमा त्यो कमि छ जस्तो लाग्दछ ।
नेपालमा हरेक कुराको लागि राजनीतिक पहुँच चाहिन्छ । यहि राजनीतिमा पहुँच भएन भने आफ्ना मुद्दा स्थापित गर्न सकिदैन । समलिङ्गी, तेस्रो लिङ्गीहरुका अधिकार स्थापित गर्न राजनीतिमा लागेको हुँ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com