डा. रामवरण यादवको असोज १० गते अमेरिकाको मेचीगन राज्यको हेनरी फोर्ड हस्पिटल अफ युरोलोजीमा प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने तय भएको छ ।
त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उनको शल्यक्रिया गर्ने तयारी भएको छ । उपचारका लागि उनी असोज १ गते शनिबार अमेरिका जाने र असोज ५ गते चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने छन् । त्यसपछि उनको असोज १० गते शल्यक्रिया गरिनेछ ।
गोरखापत्रसँगको भेटमा सोमबार पूर्वराष्ट्रपति यादवले चिकित्सकहरूको सल्लाह र सुझावअनुसार नै उच्च प्रविधिबाट शल्यक्रिया गर्न अमेरिका जान लागेको बताए ।
यादवले भने, ‘मलाई जनताको पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो, म उपचारपछि फर्केर आएर तिनै जनताको सेवामा अझै १०–१५ वर्ष समर्पित रहनेछु । मैले ढोगेर जारी गरेको संविधान सफल भएमा देश सफल हुन्छ भन्ने मलाई लागेको छ ।’
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
भारतको चण्डिगढस्थित नेहरू चिकित्सालयमा केही दिनअघि गरिएको स्वास्थ्य परीक्षणमा प्रोस्टेटको क्यान्सर देखिएपछि अस्पतालका चिकित्सकले उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाव दिएका थिए । चिकित्सकका अनुसार शल्यक्रियापश्चात् यादवको क्यान्सर पूर्णरूपमा निको हुनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।