मेरिल्याण्डमा बन्दुकधारीको आक्रमणमा ३ को मृत्यु, २ गम्भिर घाइते


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

अमेरिकाको मेरिल्याण्डमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । आज विहान इजउडमा रहेको इमोर्टन विजेनस पार्क नामको ब्यापारिक कम्प्लेक्समा गोली चलाइएको थियो ।

घटनामा कैयन घाइते भएका छन् भने अस्पतालमा भर्ना गरिएका दुईजना घाइतेको अवस्था चिन्ताजनक छ । बाल्टिमोरबाट ४० मिनेट ड्राइभमा रहेको इजउडमा घटना भएको हो । घटना आज विहान ९ बजे भएको हो । बन्दुकधारी ३७ बर्षको राडी प्रिन्स रहेको प्रहरीले जनाएको छ । तर बन्दुकधारी फरार छ ।

तस्विरमा आक्रमणकारी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com