मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ ।

सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचारभइरहेको छ ।

सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन् । यो हमलालाई निकै दर्दनाक भनिएको छ ।

शनिबार सोमालियाली राजधानी मोगादिसुको एक अति ब्यस्त बजारलाई लक्षित गरी सो आतङ्ककारी हमला गरिएको थियो । एउटै आक्रमणमा त्यति धेरै नागरिकको ज्यान गएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमालियाका सभामुख अबसिर अफसर मोहम्मदले मारिने व्यक्तिको सो संख्याको पुष्टीगर्दै सो आक्रमणपछिको अवस्थाको बारेमा सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, हामी सोमालियाको माथिल्लो संसदका सबैजना सदस्य ती मृतकहरु राखिएका अस्पतालमा पुगेर उनीहरुको अन्ति संस्कारमा सहभागी भएका छौँ ।

प्राप्त पछिल्लो विवरण अनुसार घटनामा अझै पनि ३०० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था अत्यन्तै गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।

मृतकमध्ये अधिकांशको शरीर डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेको बताउँदै प्रहरी अधिकारी इब्राहिम मोहम्मदले बताउनुभयो । अहिलेसम्म २७६ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्फोटका कारण शनिबार नै घटनास्थलमा ८५ जनाको मृत्यु भएको बताइएको थियो ।

तर घटना गम्भीर प्रकृतिको भएकोले मृतक वा घाइतेको सङ्ख्या अझै धेरै रहेको त्यस समयमा मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उहाँले बताउनुभयो ।

विष्फोटको जिम्मेवारी आइतबारसम्म कुनै समूहले लिएको छैन । यो आक्रमणलाई सोमालियाको इतिहासमा नै सबैभन्दा खतरनाक हमलाको रुपमा लिइएको छ ।

सो हमलाबाट घाइते भएका नागरिकलाई रक्तदान गर्न ठूलो संख्याका सर्वसाधारण लाम लागेर अस्पतालकोअगाडि बसेका थिए । उनीहरुमा सो आक्रमणको त्रास फैलिएको थियो ।

यस हमलाको सर्वत्र निन्दा गरिएको छ । संयुक्त राज्य अमेरिकाले यस हमलाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । यसमा संलग्न आतंककारीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न उसले माग गरेको छ ।

त्यस्तै अफ्रिकन युनियनले पनि सो हमलाको कडा शब्दमा निन्दा गरेको छ । उक्त युनियनले सोमालियामा आतंकवाद उन्मूलनका लागि सघाउन विश्व समुदायसँग पनि आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com