अमेरिकामा कम्प्युटर साइन्समा मास्टर्स गरेका इन्जिनियरको पीडा – ‘डिग्री हातमा, छैन रोजगारी’


प्रकाशित मिति : कार्तिक २७, २०८२ बिहीबार

प्रतिकात्मक तस्वीर । स्रोत : अनस्प्लास

विदेश पढ्न जाने सपना धेरै भारतीय युवाको साझा चाहना हुन्छ । आइआइटीमा भर्ना हुन नपाएपछि धेरै विद्यार्थीहरूको ध्यान अमेरिका वा युरोपका विश्वविद्यालयतर्फ मोडिन्छ । उनीहरू सोच्दछन् – विदेशी डिग्रीले ‘गुगल’, ‘अमेजन’, ‘माइक्रोसफ्ट’ जस्ता कम्पनीका ढोका आफैँ खुल्छन्। तर, हरेक सपना साकार हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।

यस्तै एउटा भारतीय विद्यार्थीको (नाम नखुलाइएको) कथा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। अमेरिकाबाट कम्प्युटर साइन्समा मास्टर्स डिग्री प्राप्त गरेका उनले विदेशमा पढाइपछि जीवन सेट हुन्छ भन्ने सोचेको थिए । तर, अहिले बेरोजगार बनेका छन् । 

रेडिटमा लेखिएको उनको कथा दुःखद सँगै शिक्षाप्रद पनि छ । उनले अमेरिकामा पढाई सकेपछि धेरै प्रयास गरे तर रोजगारी हात लागेन। अन्ततः उनी बाध्य भएर सन् २०२४ मा भारत फर्किए। फर्केपछि उनले एक युरोपेली फिनटेक कम्पनीमा मात्र २ लाख रुपैयाँ वार्षिक तलब अर्थात् महिनाको झन्डै १६ हजारमा जागिर गरे।

तर, केही महिनामै उनले त्यो पनि छोडिदिए। उनले भनेका छन्, टियर १ सहरमा २ लाख वार्षिक तलबमा बाँच्न असम्भव छ। मेरो अधिकांश तलब यातायातमा सकिन्छ, बाँकी खान र बिलमा। महिनाको अन्त्यमा हात खाली हुन्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले थपे – “मलाई अफिस पुग्न डेढ घण्टा लाग्छ। दैनिक तीन घण्टा बाटोमा गइरहेको छु। सहकर्मीहरू पनि सहयोगी छैनन्, प्रोजेक्टको अवस्था पनि बिग्रिएको छ।”

अब उनी बेरोजगार छन्, तर आशावादी पनि। उनी अहिले आफ्नो स्किल अपग्रेड गरिरहेको उल्लेख गर्दै सोध्छन् – “के अहिलेको बजारमा ८–९ लाख वार्षिक तलबको जागिर सम्भव छ ?”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com