अमेरिकामा सरकारी शटडाउनका कारण हवाई उडानहरू अस्तव्यस्त, सोमबार मात्रै १५०० बढी उडान रद्द 


प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार

अमेरिकामा सरकारी शटडाउनको असर हवाई यातायातमा गहिरिँदै गएको छ। सोमबार मात्र देशभर १५०० भन्दा बढी उडानहरू रद्द भएका छन्, जसले लगातार चौथो दिन १००० भन्दा बढी उडान रद्द भएको रेकर्ड बनाएको छ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार सोमबार बिहान ८ः३० (स्थानीय समय)सम्म १५५० भन्दा बढी उडानहरू रद्द र १४०० भन्दा बढी उडान ढिला भएका थिए। यसअघि आइतबार मात्र २९५० उडानहरू रद्द र करिब १०,८०० उडान ढिला भएका थिए । जुन अक्टोबर १ देखि सुरु भएको सरकारी शटडाउनपछि सबैभन्दा खराब दिन बनेको बताइएको छ ।

यसैबीच नोभेम्बर महिनामा आएको शिकागोको हिउँदे आँधीले पनि उडान व्यवस्थामा थप समस्या ल्याएको छ।

संघीय उड्डयन प्रशासन (एफएए)ले आइतबार राति जनशक्ति अभावका कारण १२ वटा विमानस्थलमा सामान्य उड्डयन सेवा निलम्बन गरेको छ। यी विमानस्थलहरूमा शिकागो ओ’हेयर अन्तर्राष्ट्रिय विमानस्थल र रेगन वाशिङ्टन नेसनल विमानस्थल समेत रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४० दिन लामो शटडाउनका कारण हवाई यातायात नियन्त्रकहरूको संख्या अत्यन्तै घटेको छ। उनीहरूले अन्य संघीय कर्मचारीजस्तै लामो समयदेखि तलब नपाएका कारण काममा कठिनाइ भोगिरहेका छन्।

यता, अमेरिकी सिनेटले आइतबार राति सरकारको शटडाउन अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय गरेको छ। तर, संघीय उड्डयन प्रशासनले भने सुरक्षा चिन्ताका कारण शुक्रबारदेखि ४० प्रमुख विमानस्थलमा दैनिक उडानहरूमा ४ प्रतिशत कटौती गर्न निर्देशन दिएको छ। यो कटौती मंगलबारसम्म ६ प्रतिशत र नोभेम्बर १४ सम्म १० प्रतिशत पुग्ने बताइएको छ।

अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफी भन्छन्, “सरकारद्वारा तोकिएको उडान कटौती हटाउनुअघि हामीले हवाई यातायात नियन्त्रकहरूको जनशक्ति र सुरक्षा तथ्याङ्कमा सुधार देख्न आवश्यक छ।”

यस परिस्थितिले अमेरिकाको हवाई यातायात प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको छ । जसको प्रत्यक्ष असर यात्रुहरूको यात्रामा परेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com