न्युयोर्क सिटीमा २ मिलियनभन्दा बढीले गरे मतदान, सन् १९६९ पछिकै उच्च


प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

न्युयोर्क सिटी मतदानस्थलमा देखिएको चिन्ह । फोटो : राजन काफ्ले

नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भएको  मतदानमा बेलुका २ मिलियनभन्दा बढीले मतदानका लागि चेकइन गरेको  न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । यो अग्रिम मतदान चेकइनसहितको नम्बर हो ।

यसपटकको न्युयोर्क सिटीको मेयरको चुनावमा ऐतिहासिक रुपमा उच्च मतदाताले मतदान गरेका छन् । यो रेकर्ड १९६९ पछिकै उच्च देखिएको छ ।  सन् २००१ मा १४ लाख ८० हजार, २००५ मा १२ लाख ८९ हजार, २००९ मा ११ लाख ५४ हजार, २०१३ मा १० लाख ८७ हजार, २०१७ मा ११ लाख ६६ हजार, २०२१ मा ११ लाख २५ हजारले मतदान गरेका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको क्वीन्समा  मतदानपछि एक नेपाली मतदान गरेको स्टीकर देखाउँदै । फोटो : राजन काफ्ले

नेपाली अमेरिकनहरु पनि उत्साहका साथमा मदानमा सहभागी  भएका थिए । न्युयोर्क सिटीको आजको मतदानमा हजारौं नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका थिए । न्युयोर्कको अस्टोरियामा बस्दै आएका नेपाली अमेरिकन बासु फुलाराले आज बिहानै न्यूयोर्क शहरको मेयरको चुनावमा मतदान गरेको बताउदै यो शहरको भविष्यमा योगदान पुर्‍याउने एक सरल तर अर्थपूर्ण तरिका भएको बताएका छन् । फुलारा न्युयोर्कका कानुन व्यवसायी समेत हुन् भने लामो समयदेखि न्युयोर्कको क्वीन्समा बस्दै आएका छन् ।

मेरिल्याण्डका नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले भर्जिनिया, न्युजर्सी र न्युयोर्कमा बसोबास गर्ने नेपाली अमेरिकन र समुदायहरूलाई आज चुनावको दिन भएको स्मरण गराउँदै बाहिर निस्केर मतदान गर्दै लोकतन्त्रको उत्सव मनाउन प्रेरित गरेका छन् । उनले भनेका छन् – “तपाईंको मत साँच्चै महत्त्वपूर्ण छ । यसलाई गणना गरौं र हाम्रो लोकतान्त्रिक भावनालाई बलियो बनाइराखौं ।”

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com