क्यालिफोर्नियाको एक स्कुल नजिकै विद्यार्थीका बुवा पक्राउ


प्रकाशित मिति : भाद्र ५, २०८२ शुक्रबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

क्यालिफोर्नियाको एनसिनिटासस्थित पार्क डेल लेन एलिमेन्टरी स्कुल नजिकै एक विद्यार्थीका बुवालाई फेडेरल इमिग्रेशन एजेण्टहरूले पक्राउ गरेका छन्। विद्यालय प्रशासनका अनुसार घटना अगस्ट २० का दिन बिहान करिब ७:३० बजे स्कूल नजिकैको चौराहामा भएको हो।

एन्सिनिटास युनियन स्कूल डिस्ट्रिकले एक पत्रमार्फत घटना प्रत्यक्षदर्शी परिवार, समुदायका सदस्य, स्टाफ तथा केही विद्यार्थी भएको जनाएको छ। यस घटनाले विद्यार्थी र परिवारमा मानसिक असर परेको भन्दै सुपरिन्टेन्डेन्ट आन्द्रे ग्रेले चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले स्कुल परिसरभित्र कुनै पनि प्रकारको इमिग्रेशन कारबाही नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा स्थानीय बासिन्दाले पक्राउ वारन्ट देखाउन माग गरिरहेका दृश्यहरू देखिएका छन्। प्रभावित परिवारलाई सहयोग गर्न समुदायले सुरु गरेको गोफन्डमी अभियानबाट हालसम्म दशौं हजार डलर संकलन भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै कागजातविहीन आप्रवासीविरुद्ध कडा नीति अपनाउँदै सामूहिक निर्वासन अभियान अघि बढाइरहेको छ। सन् २०२३ मा अमेरिकामा कागजातविहीन आप्रवासीहरूको संख्या १ करोड ४० लाख पुगेको प्यू रिसर्च सेन्टरले जनाएको छ, जुन अहिलेसम्मकै उच्च हो।

ट्रम्प प्रशासनले यसअघि विद्यालय, चर्च र अस्पतालजस्ता “संवेदनशील स्थान” मा गिरफ्तारी गर्न रोक लगाउने नीति फिर्ता लिँदै इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)लाई यी स्थानहरूमा पनि कारबाही गर्न अधिकार दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com