विदेशी ट्रक चालकविरुद्ध अमेरिकी कदम : कामदार भिसा स्थगित, अंग्रेजी नजान्दा बढ्यो दुर्घटना


प्रकाशित मिति : भाद्र ५, २०८२ शुक्रबार

अमेरिकी सरकारले व्यावसायिक ट्रक चालकका लागि कामदार भिसा जारी गर्ने प्रक्रिया तत्काल स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो घोषणा गर्दै विदेशी चालकहरूको बढ्दो संख्याले अमेरिकी सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याइरहेको बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी चालकलाई लक्षित गर्दै पछिल्ला केही महिनामा कडा नीति लागू गर्दै आएको छ। अप्रिल महिनामा ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी अमेरिकामा व्यावसायिक ट्रक चलाउन अंग्रेजी दक्षता अनिवार्य गर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

यसैबीच, फ्लोरिडामा भएको घातक दुर्घटनापछि यो मुद्दा झनै चर्चामा आएको छ। फ्लोरिडामा भारतीय नागरिक हरजिन्दर सिंह संलग्न ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। सिंहले अवैध युटर्न गर्न खोज्दा मिनिभ्यान ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियो। उनीमाथि “वाहनजन्य हत्या” का तीनवटा अभियोग लगाइएको छ।

अधिकारीहरूले जनाएअनुसार सिंहसँग अमेरिकामा बस्ने कानुनी अनुमति थिएन भने उनी अंग्रेजी पनि बोल्दैनथे। यसरी योग्यतामापदण्ड पालना नगरेका चालकहरू सडकमा खतरापूर्ण साबित भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी तथ्याङ्कअनुसार करिब १६ प्रतिशत ट्रक चालक विदेशी मूलका छन्। ट्रम्पको नयाँ आदेशपछि सीमावर्ती मेक्सिकोका ट्रक चालकहरूले समेत अंग्रेजी सिक्ने अभियान थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com