क्यालिफोर्नियाका राम तामाङको उपचारका लागि सहयोगको अपिल, २ र ६ बर्षका बच्चाको भविष्यको चिन्ता


प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

क्यालिफोर्नियाको माउन्टेन भ्यूमा बस्ने ३७ वर्षीय राम (छिरिङ) तामाङलाई चौथो चरणको क्यान्सर देखिएपछि उनको परिवार समस्यामा परेको छ। दुई वर्षीया छोरी, ६ वर्षीय छोरा र श्रीमतीसहित बस्दै आएका तामाङ हाल क्यालिफोर्नियाको पालो आल्टोस्थित स्ट्यानफोर्ड अस्पतालमा जीवन र मृत्युको दोसाँधमा पुगेर पीडादायी अवस्थामा छन्।

उपचार र दौडधुपमा उनीहरूको सबै बचत सकिएको छ। अहिले उनीहरूलाई बालबच्चाको हेरचाह, पढाइ, घरको भाडा, किस्ता, बीमाले नधानेको उपचार खर्च र दैनिक जीवनयापनका लागि आर्थिक अभाव भएको भन्दै तामाङ समन्वय समाज, क्यालिफोर्नियाले ‘गोफण्डमी’  मार्फत सहयोगको अपिल गरेको छ। समाजका अध्यक्ष सुरज पाख्रिनले ‘गोफण्डमी’मा पोस्ट गरेको सूचनामा राम (छिरिङ) तामाङको परिवारलाई सघाउन आग्रह गरिएको छ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘गोफण्डमी’मा उल्लेख भएअनुसार, समुदायका मानिसलाई दुःख पर्दा सधैँ सहयोगका लागि अगाडि सर्ने राम, आफ्ना दुई वर्षीया छोरी जास्मिन र ६ वर्षीय छोरा रोमोनका लागि मात्र नभई सम्पूर्ण परिवारका लागि भरपर्दो र मायालु व्यक्ति हुन्।

‘गोफण्डमी’मा भनिएको छ, “पाँच वर्षअघि आमाको हृदयघातका कारण निधन हुँदा राम (छिरिङ) विक्षिप्त बनेका थिए। त्यसपछि उनले श्रीमती चाँदनी लामासँग मिलेर कुनै न कुनै तरिकाले परिस्थितिलाई सम्हाले र घर किने। आफ्नो र परिवारको भविष्यको सपना पूरा गर्न उनले दुई ठाउँमा दुई सिफ्ट काम गरेर कडा परिश्रम गरेका थिए।”

“तर, गत वर्ष उनलाई क्यान्सरको लक्षण देखियो। नियमित उपचार र जाँच गर्दा पनि रोग निको भएन र हाल उनी क्यान्सरको चौथो चरणमा छन्। क्यालिफोर्नियाको पालो आल्टोस्थित स्ट्यानफोर्ड अस्पतालमा जीवन र मृत्युसँग लड्दै उनी पीडादायी छटपटीमा छन्,” ‘गोफण्डमी’मा उल्लेख गरिएको छ।

पछिल्लो एक वर्षदेखि श्रीमती चाँदनीले आफ्नो काम छोडेर श्रीमानको उपचार र स्याहार गरिरहेको उल्लेख गर्दै ‘गोफण्डमी’मा सहयोगको अपिलका साथ भनिएको छ, “हाल साथीभाइले सहयोग गरिरहेका छन्। रामको उपचारको निरन्तरता र बालबच्चाको हेरचाहका लागि हामी सम्पूर्ण व्यक्ति, संस्था र समुदायलाई ‘गोफण्डमी’ मार्फत सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com