जेनेभालाई फ्रान्सेली राष्ट्रपतिको सुझाव : पुटिन-जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्नू


प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको शान्ति शिखर सम्मेलन आयोजना गर्न सुझाव दिएका छन् ।

सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिए ।

फ्रान्सेली समाचार च्यानल ‘एलसीआई’ मा मङ्गलबार प्रसारित अन्तर्वार्तामा म्याक्रोनले भने, “यो कुनै तटस्थ देशद्वारा आयोजना हुनेछ, सायद स्विट्जरल्याण्ड । म जेनेभाका लागि दबाब दिइरहेको छु वा अर्को देश ।”

“पछिल्लो पटक द्विपक्षीय वार्ता इस्तानबुलमा भएका थिए”, उनले मे र जुलाईमा टर्कीमा रुस र युक्रेनबीच भएको तीन चरणको तल्लोस्तरीय वार्तालाई स्मरण गर्दै भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याक्रोनका अनुसार फ्रान्स र बेलायतले मङ्गलबार अन्य युक्रेनी सहयोगीहरूसँग वासिङ्टनमा बैठक गर्नेछन् । बैठकको उद्देश्य युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे अद्यावधिक रहनु हो । यो विषय ट्रम्पसँगको भेटघाटको मुख्य एजेन्डा हो ।

“त्यसपछि हामी अमेरिकीहरूसँग ठोस काम सुरु गर्नेछौँ । भोलिसम्म हाम्रा कूटनीतिक सल्लाहकारहरू, मन्त्रीहरू र कर्मचारी प्रमुखहरूले के गर्न तयार छन् भनेर काम सुरु गर्नेछन्”, म्याक्रोनले भने ।

जेलेन्स्कीले रुसलाई क्षेत्र छोड्न बाध्य पार्नेबारे उठेको प्रश्नमा म्याक्रोनले भने, “यो युक्रेनमा निर्भर छ । युक्रेनले आफूले उचित र सही ठानेका सम्झौता गर्नेछ ।”

तर, उनले भने, “हामी कानूनी मान्यताको विषयमा धेरै सावधान हुनुपर्छ । यदि देशहरूले ‘हामी बलपूर्वक क्षेत्र लिन सक्छौँ’ भन्न थाल्छन् भने त्यसले प्यान्डोराको बक्स खोलिदिन्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com