अलास्कामा ऐतिहासिक ट्रम्प-पुटिन भेट : जेलेन्स्कीको ‘न्यायपूर्ण शान्ति’को सपना पुरा होला ?


प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

अलास्कामा शुक्रबार हुने रूस–अमेरिका शिखर बैठकलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसले ‘न्यायपूर्ण शान्ति’को बाटो खोल्ने अपेक्षा गरेका छन् ।

उनले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ताले युक्रेन, अमेरिका तथा रूसबीच गम्भीर त्रिपक्षीय वार्ताको वातावरण सिर्जना गर्ने आशा व्यक्त गरे ।

जेलेन्स्कीले टेलिग्राममा लेख्दै भने, “अब युद्ध अन्त्य गर्ने समय आएको छ । आवश्यक कदमहरू रूसले चाल्नुपर्छ। हामी अमेरिकामाथि भरोसा गर्छौं ।”

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी समकक्षी पुटिन शुक्रबार शीतयुद्ध–कालीन वायुसेना आधारमा भेटेर युक्रेनका लागि युद्धविराम सम्झौताबारे छलफल गर्दैछन् । अमेरिकाले यसलाई दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक युद्ध अन्त्य गर्ने सम्भावित अवसरका रूपमा लिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ताका लागि ट्रम्प अलास्का प्रस्थान गरिसकेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई यस वार्तामा समावेश गरिएको छैन। युक्रेन र युक्रेनका युरोपेली सहयोगीहरूलाई ट्रम्पले युद्धलाई स्थिर पार्दै युक्रेनको पाँचौँ भागमाथि रूसी नियन्त्रणलाई अप्रत्यक्ष रूपमा मान्यता दिन सक्ने आशंका छ ।

तर, ट्रम्पले युक्रेनको भौगोलिक सीमासम्बन्धी निर्णय उनीहरूको आफ्नै अधिकारमा हुने भन्दै चिन्ता हटाउने प्रयास गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com