“वुमन इन कन्सर्ट युएस यात्रा “कार्यक्रम सिनसिनाटी र सेन्ट लुइसमा सफलता पूर्वक सम्पन्न ,अक्टोबर १५ मा एट्लान्टामा हुने 


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

 
 
विजय थापा
 
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सफलता पूर्वक सम्पन्न भएको छ l 
 
दुई वटा शहरमा कार्यक्रम प्रस्तुत गरे पछि अभया एण्ड द स्टीम ईन्जनस् ब्याण्ड (संगीत मण्डली ),गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी उत्साहित भएका छन् l अमेरिकाको व्यस्त जीवनमा रहेको नेपाली समुदायले कलाकारलाई हौशला प्रदान गर्नु भएकोमा सबै कलाकारले एक मुष्ठ धन्यवाद दिएका छन l 
 
अमेरिकाका विभिन्न ९ वटा शहर हुने प्रस्तुतिमा दुई वटा शहर मा कार्यक्रम सम्पन्न भएकोले अब एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा सहित ७ वटा शहरहरुमा प्रस्तुति रहने छ l 
 
सेन्ट लुइस मा भएको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा बिबिध क्षेत्रमा बिशेष काम गर्ने र योगदान गर्ने ७ जना महिलाहरुलाई सम्मान गरिएको छ l सम्मानित हुनेहरुमा लिवा खतिवडा ,उर्मिला पन्थी ,प्रमिला तिवारी ,बिज्ञा खड्का ,डा पूजा गुरुङ ,रेखा शर्मा तथा बन्शिखा खड्का रहेका छन् l 
 
कार्यक्रम अक्टोबर ७ देखि सुरु भै कार्यक्रम भै रहेको छ भने अन्तिम कार्यकम अक्टोबर २९ सम्म अमेरिकामा हुने छ l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा भएको हो l 
 
आगामी अक्टोबर १५ तारिख एट्लान्टा मा हुने भएकोले कलाकारहरु ज्यादै उत्साहित भएका छन् भने उक्त दिन सबै नेपाली समुदाय सदस्यहरुलाई कार्यक्रममा पाल्नु हुन् समेत यसै बाट संदेश दिएका छन् l 
 
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत एट्लान्टा मा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम हुने छ l 
 
वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम को बीचमा थ्रीई इन्टरटेनमेन्टले नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका नामक पुरस्कार दिने घोषणा हुनाले आगामी आवेदन पत्र खुला गरिएकोले अक्टोबर १२ तारिख बेलुका ५ बजे सम्म निबेदन दिन पून :आग्रह गरेको छ l
 
अमेरिकामा नेपाली समुदायमा उल्लेखनीय योगदान तथा राम्रो काम गरेका महिलालाई छनौट गरि सम्मान कार्यक्रम न्युयोर्कमा अक्टोबर २० तारिखमा गरिने छ l 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com