राष्ट्रपति ट्रम्पको आदेशसँगै वाशिङ्टन डीसीमा नेशनल गार्डका सैनिकहरू परिचालित


प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार मंगलबार बिहानदेखि वाशिङ्टन डी.सी.मा अपराध नियन्त्रणका लागि नेशनल गार्डका सैनिकहरू परिचालित भएका छन्।

मंगलबार बिहान सैनिक पोशाकमा सजिएका गार्ड सदस्यहरू अमेरिकी क्यापिटल भवनको पूर्वतर्फ रहेको डी.सी. नेशनल गार्डको मुख्यालयमा पुगेका हुन् । यो टोली करिब ८०० सैनिकहरूको हो, जसलाई सोमबार सेनाले सक्रिय गर्दै कानून कार्यान्वयनमा सहयोगका लागि परिचालन गरेको हो।

ट्रम्पको आदेशअनुसार यो परिचालन तबसम्म जारी रहनेछ, जबसम्म राष्ट्रपति ट्रम्प स्वयंले राजधानीमा कानून र व्यवस्था पुनःस्थापित भएको ठहर गर्दैनन्। सैनिकहरूलाई भने सेप्टेम्बर २५ सम्म तैनाथ हुने जानकारी दिइएको छ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार नेशनल गार्डलाई संघीय सम्पत्ति सुरक्षा, प्रहरीलाई सुरक्षित वातावरणमा गिरफ्तारी गर्न सहयोग र सडकमा स्पष्ट सुरक्षा उपस्थिति मार्फत हिंसात्मक अपराध रोक्ने उद्देश्यले पठाइएको हो। रक्षा मन्त्री पिट हेगसेथले आगामी हप्तामा गार्ड सदस्यहरू सडकमा देखिने र आवश्यकता अनुसार विशेष टोली पनि ल्याइने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यससँगै ट्रम्पले देशभरका गभर्नरहरूसँग समन्वय गरी आवश्यकता अनुसार थप गार्ड सदस्य सक्रिय सेवामा पठाउन आदेश दिएका छन्।

डी.सी. प्रहरी संघका अध्यक्ष ग्रेगोरी पेम्बर्टनले राष्ट्रपतिको कदमको समर्थन गर्दै शहरमा अपराध अझै व्यापक रहेको बताए। उनका अनुसार प्रहरी विभागमा ८०० भन्दा बढी पद खाली हुनु र नगर परिषद्का केही कानूनहरूले अपराध नियन्त्रणमा कठिनाइ पुर्याएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com