भियतनाम युद्धमा अमेरिकालाई सहयोग गरेका ह्मोंग समुदायका १६ जना आइसको नियन्त्रणमा


प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले भियतनाम युद्धको समयमा अमेरिकी पक्षमा सहयोग गरेको दक्षिणपूर्व एसियाली ह्मोंग समुदायका १६ कागजातबिहीन आप्रवासीलाई पक्राउ गरी निर्वासनको प्रक्रिया अघि बढाएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार ३० जुलाईमा डेट्रोइटमा सञ्चालन गरिएको कारबाहीमा बाल यौन शोषण, लागूपदार्थ तस्करी, हत्या अनुसन्धानमा अवरोध जस्ता गम्भीर आपराधिक मुद्दामा संलग्न लाओसका नागरिकहरू पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये १५ जना नियमित भेटघाटका लागि आइस कार्यालयमा पुगेका बेला पक्राउ गरिए भने एकजनालाई मिचिगनको लान्सिङस्थित कार्यस्थलबाट पक्राउ गरिएको हो। पक्राउपछि उनीहरूलाई मिचिगनको उत्तरपश्चिमी हिरासत केन्द्र हुँदै लुइजियाना र टेक्सासका सुविधा केन्द्रमा पठाइएको छ।

ह्मोंग समुदायका सदस्यहरू भियतनाम युद्ध र लाओसमा भएको सम्बन्धित संघर्षमा अमेरिकी सेनालाई मद्दत गर्न सीआइएमार्फत भर्ती गरिएका थिए। युद्धपछि लाओसमा भएको दमनका कारण धेरैजना शरणार्थीको रूपमा अमेरिका आएर दशकौँदेखि बसोबास गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसका अनुसार, पक्राउ परेकाहरुको आपराधिक रेकर्ड छ । साथै, वर्षौंदेखि आप्रवासन अदालतले निर्वासनको आदेश दिइसकेको छ। लाओस सरकारले उनीहरूलाई स्वीकार गर्न सहमति जनाएपछि निर्वासन प्रक्रिया अघि बढाइएको हो।

मिशिगनका २७ सांसदहरूले आइसलाई पत्र पठाउँदै तत्काल पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरेका छन्। मिचिगनकी पहिलो ह्मोंग अमेरिकी विधायक माई झोंगका अनुसार, धेरैजना लाओस कहिल्यै नगएका, शरणार्थी शिविरमा जन्मिएका वा बच्चादेखि अमेरिकामा आएका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com