अमेरिका नेपाल सोसाइटीको अध्यक्षमा प्रभा विजयी


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

उत्तर अमेरिकाका नेपाली समुदायको सबै भन्दा जेष्ठ गैरमुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् ।

उनले ६३९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५१५ मत प्राप्त गरे ।

प्रारम्भिक चरणमा अध्यक्षका प्रत्यासीमा प्रा. बिष्णु घिमिरे रहेता पनि अन्तिम समयमा उनले प्रेम पौडेललाई समर्थन जनाउदै प्रथम उपाध्यक्ष पदमा उनकै गुटबाट उम्मेदवारी दिएका थिए।

यसै गरी प्रथम उपाध्यक्षमा प्रा बिष्णु घिमिरे, द्वितीय उपाध्यक्षमा कृष्ण अधिकारी, महासचिवमा सुदिप पोख्रेल निर्वाचित भएका छन् । यसै गरि सचिबमा अन्जना बुढाथोकी सापकोटा, कोषाध्यक्षमा शुभ शाक्य निर्वाचित भएकी  छन् भने संचार संयोजकमा निलु उप्रेती निर्बिरोध बिजयी भएकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर ८ तारिख बिहान ८ बजे देखि साँझ ५ बजे सम्म निर्वाचन को मतदान गरिएको थियो । अमेरिका नेपाल सोसाइटी को निर्वाचन गराउन ५ सदस्यीय निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी (बिद्या वारिधि ), निर्वाचन आयुक्त न्यान्सी छेत्री , निर्वाचन आयुक्त माधवी बस्नेत कार्की , निर्वाचन आयुक्त निरन्जन अधिकारी तथा  निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ रहेका थिए ।

अमेरिका नेपाल सोसाइटी ५० वर्ष अघि १९६७ जनवरी १९ मा अमेरिकी पूर्व राजदूत ईल्सवर्थ बन्कर र नेपाली पूर्व राजदूत पदम्बहादुर खत्रीको बिषेश पहलमा १२५ जनाको उपस्थितिमा अमेरिकाको राजधानी वासिंगटन डिसीको ईन्टरनेसनल क्लबमा गठन भएको थियो।

यसको मानार्थ अध्यक्ष र उपाध्यक्ष पद क्रमस ईल्सवर्थ बन्कर र पदम्बहादुर खत्री स्वयंले ग्रहण गरी संस्थाको सभापतीको रूपमा अमेरिकी सैनिकका निवृतिभरण प्राप्त कर्णेल विलियम ग्रासमले नेतृत्व गरेको उपलब्ध दस्ताबेजमा उल्लेख छ। उक्त पहिलो कार्यसमितिमा नेपाली बिधार्थी ठाकुर नाथ पन्तको सहभागिता थियो।

अध्यक्ष पद कि प्रत्यासी प्रभा भट्टराई देउजाले मूलत:  यूवा वर्गलाई ज्यादा प्रकाश पर्ने र उनीहरुलाई समेट्ने कुरामा जोड दिदै मुख्य कार्यसूची बनाएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com