नाइजेरियामा अपहरित ३५ जनाको विभत्स हत्या


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

नाइजेरियामा अपहरित ३५ जनाको विभत्स हत्या भएको छ ।

उत्तरी जम्फारा राज्यको एक गाउँबाट अपहरण गरिएका कम्तीमा ३५ जनालाई अपहरणकारीहरुले हत्या गरेका हुन । अपहरणकारीहरुले फिरौती लिएर पनि हत्या गरेका स्थानीय अधिकारीहरुले बताएका छन ।

हालका वर्षहरूमा नाइजेरियाको यस क्षेत्रमा “बन्दुकधारी गिरोह” भनेर चिनिने आपराधिक समूहहरूले पैसा कमाउनको लागि मानिसहरूलाई अपहरण गर्ने गरेको पाइन्छ ।

मार्च महिनामा कौरण नमोदा स्थानीय प्रशासन क्षेत्रको बाङ्गा गाउँबाट अपराधिक समूहले ५६ जनालाई अपहरण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि अपहरणकर्ताहरूले प्रत्येक बन्धकको लागि १० लाख नाइरा अर्थात करिब ६५५ अमेरिकी डलर फिरौती मागेका नाइजेरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय सरकार प्रमुख मानिरु हैदारा काउराले अधिकांश मारिएका मानिसहरू युवा रहेको र उनीहरूलाई “खसी काटेझैं निर्दयतापूर्वक काटिएको” बताए ।

अपहरणकर्ताहरूले मागेको फिरौती दिएपछि उनीहरुले १८ जनालाई रिहा गरेका थिए । रिहा हुनेमा एकजना वालक र १७ महिला थिए । बाँकी सबैको उनीहरुले हत्या गरेको हुन ।

मारिएका ३८ जनाको शव फिर्ता हुने सम्भावना छैन । फिरौती अपहरणको समस्या नियन्त्रण गर्न नाइजेरियामा सन् २०२२ मा नयाँ कानुन लागू गरिएको थियो ।

जसअनुसार फिरौती तिर्नु पनि अपराध मानिन्छ । जसको सजाय कम्तीमा १५ वर्षको जेल हो । यद्यपि, अहिलेसम्म कसैलाई पनि यस अपराधमा पक्राउ गरिएको छैन।

अपहरणपछि यदि बन्धकको मृत्यु भएमा दोषीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था पनि सोही कानुनमा गरिएको छ।

तर राज्यले नागरिकको सुरक्षाको सुनिश्चितता दिन नसकेको भन्दै पीडित परिवारहरू आफन्तहरुलाई बचाउन बाध्य भएर फिरौती तिर्ने गर्छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com