युक्रेनी ड्रोनहरू अब अमेरिकी सेनामा ! ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी


प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार

युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्को । तस्बिर : रासस

युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले युक्रेन र अमेरिकाबीच युक्रेनी ड्रोन उत्पादनमा अमेरिकी लगानी तथा अमेरिकी पक्षले युक्रेनी ड्रोन खरिद गर्नेबारे विस्तृत वार्ता भइरहेको बताएकी छिन् ।

शुक्रबार कीभमा नयाँ मन्त्रीपरिषद्का सदस्यहरूबीच आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्भिरिडेन्कोले भनिन्, “हामी अमेरिकी पक्षसँग ‘ड्रोन सम्झौता’ मा हस्ताक्षर गर्ने तयारीमा छौं। सम्झौताअन्तर्गत अमेरिकाले युक्रेनी ड्रोन उत्पादनमा लगानी गर्नुका साथै ठूलो मात्रामा युक्रेनी ड्रोनहरू खरिद गर्नेछ।”

उनका अनुसार यो कदमले युक्रेनको रक्षा उद्योगलाई नयाँ स्तरमा पुर्‍याउनेछ र घरेलु उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सघाउनेछ।

यो घोषणाअघि राष्ट्रपति भोलोडिमिर जेलेंस्कीले पुनर्गठित मन्त्रीपरिषद्लाई युक्रेनको हतियार उत्पादन विस्तार गर्ने र प्रमुख रणनीतिक साझेदारहरूसँग सम्बन्ध अझ मजबुत बनाउने निर्देशन दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेंस्कीले यसै हप्ता न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युद्धमैदानमा परीक्षण भइसकेका युक्रेनी ड्रोनहरू अमेरिकी सेनाले खरिद गर्ने प्रस्तावमाथि छलफल भइरहेको उल्लेख गरेका थिए । उक्त प्रस्तावअनुसार कीभले बदलामा अमेरिकाबाट हतियार खरिद गर्नेछ।

प्रधानमन्त्री स्भिरिडेन्कोले उक्त सम्झौता राजनीतिक रुपमा राष्ट्रपति जेलेंस्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सहमति भइसकेको बताउँदै भनिन्, “अब प्राविधिक र कार्यान्वयन पक्षबारे अधिकारीहरूबीच छलफल भइरहेको छ। यो केवल सुरक्षा मात्र होइन, आर्थिक विकासको अवसर पनि हो।”

ट्रम्प प्रशासनसँगको सम्बन्ध थप सुदृढ गर्ने लक्ष्यसहित युक्रेनी नेतृत्व अगाडि बढिरहेको देखिन्छ। रुसले पछिल्लो समय युक्रेनमाथि हवाई आक्रमणहरू तीव्र बनाएको अवस्थामा अमेरिकी प्रशासन र युक्रेनी सरकारबीचको सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ।

स्भिरिडेन्को वासिङ्टनमा राम्ररी परिचित नाम हुन्। उनी पहिले नै अमेरिकालाई युक्रेनका महत्त्वपूर्ण खनिज स्रोतहरूमा प्राथमिक पहुँच दिने सम्झौता गर्दै आएकी छिन्। यसले युक्रेनको पुनर्निर्माण कोषमा पनि टेवा पुग्नेछ।

ब्रिफिङमा सहभागी युक्रेनी अर्थमन्त्री ओलेक्सी सोबोलेभले जानकारी दिएअनुसार, अमेरिकी-युक्रेनी संयुक्त पुनर्निर्माण कोषको बोर्ड बैठक यो ग्रीष्म अन्त्यभित्र पहिलो पटक बस्ने तयारीमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com