समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा


प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

आँधीको तयारीन्यू अर्लियन्सका बासिन्दा समुन्द्री आँधी नेटसँग जुझ्ने तयारी गर्दैछन्

समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा हानेको आँधी सम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हुरिकेन सेन्टरले बताएको छ।

आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको छ।

मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सुचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ।

आँधीले ती क्षेत्रमा भीषण वर्षा, बाढी र १५० किलोमिटर प्रतिघण्टा सम्मको वायु ल्याइदिने ठानिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहयोगको आग्रह

सावधानीस्वरुप यो क्षेत्रका पाँचवटा बन्दरगाह बन्द गरिएका छन्।

आँधीको प्रभावमध्य अमेरिकी देशमध्येको कोष्टा रिका नेट आँधीबाट प्रभावितमध्ये एक हो

आँधीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुन्द्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

एन्टीग्वा र बारब्युडाको भ्रमणक्रममा बीबीसीसँग कुरा गर्दै गुटेरेसले समुन्द्री आँधीको शक्तिमा बढोत्तरी र पटक पटक आँधी आउनुको कारण जलवायु परिवर्तन भएको बताए।

क्यारिबियन क्षेत्रमा भएको विध्वंश पीडितलाई सहयोग गर्नु हरेकको नैतिक दायित्व भएको उनले बताए।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com