समुन्द्री आँधी नेट अमेरिकाको लुइजियानामा
प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार


समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा हानेको आँधी सम्बन्धी अमेरिकी निकाय द यूएस न्याशनल हुरिकेन सेन्टरले बताएको छ।
आँधी १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ लागेको छ।
मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सुचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ।
आँधीले ती क्षेत्रमा भीषण वर्षा, बाढी र १५० किलोमिटर प्रतिघण्टा सम्मको वायु ल्याइदिने ठानिएको छ।
सहयोगको आग्रह
सावधानीस्वरुप यो क्षेत्रका पाँचवटा बन्दरगाह बन्द गरिएका छन्।

आँधीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुन्द्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
एन्टीग्वा र बारब्युडाको भ्रमणक्रममा बीबीसीसँग कुरा गर्दै गुटेरेसले समुन्द्री आँधीको शक्तिमा बढोत्तरी र पटक पटक आँधी आउनुको कारण जलवायु परिवर्तन भएको बताए।
क्यारिबियन क्षेत्रमा भएको विध्वंश पीडितलाई सहयोग गर्नु हरेकको नैतिक दायित्व भएको उनले बताए।
BBC Nepali