युक्रेनी सेनामाथि जासुसी गरी मस्कोको पक्षमा काम गरेका अमेरिकी नागरिकलाई रुसी नागरिकता


प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

युक्रेनमाथि जारी युद्धका बीच युक्रेनी सेनामाथि जासुसी गरेर मस्कोको पक्षमा काम गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई रुसी नागरिकता प्रदान गरिएको छ ।

रुसी राज्य सञ्चारमाध्यमका अनुसार, डेनियल मार्टिनडेल नाम गरेका ती अमेरिकीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि दुई वर्षसम्म युक्रेनमै बिताए। सो अवधिमा उनले रुसी गुप्तचर सेवाहरूलाई युक्रेनी सैन्य संरचनाका निर्देशाङ्कहरूसहित संवेदनशील जानकारीहरू प्रदान गरेको दाबी गरिएको छ।

डोनेट्स्क क्षेत्रको रुसी-नियन्त्रित भागका प्रमुख डेनिस पुसिलिनले टेलिग्राममा भने, “राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशअनुसार रूसी संघको नागरिकताको पासपोर्ट डेनियल मार्टिनडेललाई प्रदान गरिएको छ।”

उनले थपे, “मार्टिनडेलले लामो समयदेखि आफ्नो कार्य र वफादारीद्वारा प्रमाणित गरेका छन् कि उनी अब हामीमध्ये एक हुन्। उनले शत्रु-नियन्त्रित क्षेत्रमा दुई वर्षभन्दा बढी समय बिताए र केवल बाँच्न प्रयास मात्र गरेनन्, हाम्रो पक्षमा सहयोगसमेत गरे।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुसिलिनका अनुसार मार्टिनडेलले रूसी विशेष सेवाहरूलाई सैन्य जानकारी उपलब्ध गराएका थिए र त्यस क्रममा उनले आफ्नै जीवन जोखिममा पारेका थिए। उनले मस्कोमा आयोजित विशेष समारोहमा आन्तरिक मन्त्रालयका अधिकारीहरूमार्फत पासपोर्ट प्राप्त गरेका थिए, जसको भिडियो समेत सार्वजनिक गरिएको छ।

मार्टिनडेलले भिडियोमार्फत रुसी भाषामा प्रतिक्रिया दिँदै भने, “रुस मेरो घर मात्र होइन, मेरो परिवार हो। मलाई स्वीकार गरेकोमा म आभारी छु। रूसी नागरिक बन्नु मेरो सपना थियो।”

पुसिलिनका अनुसार, दुई वर्षको गोप्य कार्यपछि मार्टिनडेलको सुरक्षालाई ध्यानमा राख्दै उनलाई ‘एक जटिल निकासी अपरेशन’ मार्फत युक्रेनबाट बाहिर ल्याइएको थियो।

सन् २०२४ को नोभेम्बरमा नै रुसी राज्य मिडियाले मार्टिनडेललाई रूसी सुरक्षा बलले युक्रेनबाट निकालेर रुस ल्याएको र उनले नागरिकता प्राप्तिका लागि निवेदन दिएको जनाएको थियो।

मार्टिनडेलको भनिएको टेलिग्राम खाताबाट सोही समयमा एउटा सन्देश पोस्ट गरिएको थियो, “नमस्ते, म डेनियल मार्टिनडेल हुँ। त्यो केटा, जसलाई रूसी सैनिकहरूले आफ्नो ज्यानको जोखिममा राखेर दुई वर्ष बिताएको गाउँबाट उद्धार गरेका थिए।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com