साउदी अरबः प्रतिरक्षा प्रणाली खरिद गर्ने


प्रकाशित मिति : आश्विन २१, २०७४ शनिबार

अमेरिकी सरकारले थाड भनिने आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स’ साउदी अरबलाई बेच्ने सम्झौता अनुमोदन गरेको छ।

१५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिसम्बन्धी स्वार्थको प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उसले अरब क्षेत्रमा इरानबाट हुन सक्ने सुरक्षा खतराको सामना गर्न पनि त्यसबाट सघाउ पुग्ने बताएको छ।

साउदी अरेबियाले रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको एक दिनपछि अमेरिकाले आफूसँगको सम्झौतालाई अनुमोदन गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोखिम

सुरक्षासम्बन्धी पेन्टागनको एउटा निकायले सो सम्झौताले अरब क्षेत्रमा सैन्य सन्तुलनलाई असर नपार्ने जनाएको छ।

उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगाउन दक्षिण कोरियामा हाल थाड प्रणाली राखिएको छ।

तर धेरै दक्षिण कोरियालीहरुले त्यसको विरोध गर्दै आएका छन्।

उक्त प्रणालीलाई उत्तर कोरियाले निशाना बनाउन सक्ने र त्यसबाट सो क्षेत्र नजिकै बस्ने मानिसहरुको ज्यान जोखिममा पर्न सक्ने उनीहरुमा डर छ।

चीनले पनि क्षेत्रीय सुरक्षा सन्तुलन बिग्रिन सक्ने भन्दै उक्त प्रणालीको विरोध गर्दै आएको छ।

के हो थाड?

क्षेप्यास्त्र
  • यसले सानो तथा मध्यम दूरीका क्षेप्यास्त्रलाई उडानको अन्तिम अवस्थामा खसाल्छ
  • हानेर मारिहाल्ने प्रविधिको प्रयोग हुन्छ जहाँ काइनेटिक ऊर्जाले युद्धशीर्षलाई ध्वस्त पार्छ
  • २०० किलोमिटर दूरीसम्म क्षेप्यास्त्रलाई रोक्न सक्छ र १५० किलोमिटर उचाईसम्म पुग्न सक्छ
  • उत्तर कोरियाको सम्भावित आक्रमणलाई मध्यमनजर गर्दै अमेरिकाले हालै गुआम टापु र हवाईमा उक्त प्रणाली राखेको थियो
  • एउटा अमेरिकी कम्पनीले थाडको विकास गरेको हो

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com