उत्तरी क्यालिफोर्नियाको आतिशबाजी गोदाममा विस्फोट, सात जना बेपत्ता


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको आतिशबाजी गोदाममा विस्फोट भएको छ ।

योलो काउण्टीमा रहेको आतिशबाजीको गोदाममा भएको विस्फोटपछि मानव अवशेषहरू फेला परेका काउन्टीले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

एसपोर्ट नजिकैको उक्त विस्फोटमा सात जना हराइरहेका थिए । जसले कृषक समुदायलाई स्तब्ध बनाएको थियो । विस्फोटपछि ठूलो आगलागी भएको थियो । आसपासका क्षेत्रहरुमा जुलाइ ४ को स्वतन्त्रता दिवसका उत्सवहरू रद्द गरिएको छ ।

योलो काउन्टीका अनुसार काउन्टीले घटनास्थलमा पुग्न अनुमति पाएको छ । हराइरहेका व्यक्तिहरूका परिवारसँग सम्पर्क भइरहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अहिलेसम्म कसैको मृत्यु पुष्टि भएको छैन । उद्धार तथा खोजी कार्य जारी नै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। दुई व्यक्तिलाई चोटपटक लागेका कारण उपचार गरिएको अधिकारीहरूले बताएका छन् । विस्फोटको कारणबारे अनुसन्धान अझै जारी छ।

विस्फोट भएको गोदाम आतिशबाजी कम्पनी नामक कम्पनीले सञ्चालन गरिरहेको थियो । यस कम्पनीले तीन दशकभन्दा बढी समयदेखि बे एरियामा आतिशबाजी कार्यक्रम आयोजना गर्दै आएको थियो।

कम्पनीले ठूला प्रदर्शनहरूको लागि मात्र आतिशबाजी तयार पार्ने बताएको छ ।

राज्यको दक्षिणी क्षेत्रमा पनि आतिशबाजीसँग सम्बन्धित अर्को घटनामा लस एन्जलसको एउटा बस्तीमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । चार घरमा आगो लागेको छ ।

एक महिला गम्भीर घाइते भएकी छन । उनलाई अस्पताल लगिएको छ । धेरै जनावरहरू घाइते भएको लस एन्जलस फायर डिपार्टमेन्टले जनाएको छ।

दमकलकर्मीहरू घटनास्थलमा पुगेकै बेला पनि आतिशबाजी भइरहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com