अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा २४ को मृत्यु,२५ बेपत्ता


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । क्याम्प मिस्टिकका २५ बालिकाहरू अझै बेपत्ता रहेका छन ।

अधिकारिहरूले पुष्टि गरेअनुसार टेक्सासको केर काउन्टीमा आएको बाढीका कारण ज्यान जानेको संख्या अब २४ पुगेको हो । यसअघि यो संख्या १३ थियो।

टेक्सासका उप राज्यपाल ड्यान प्याट्रिकले “बाढी प्रभावित क्षेत्रमा ठूलो स्तरमा खोज तथा उद्धार अभियान जारी रहेको बताएका छन । अभियानमा हेलिकप्टर र ९ वटा उद्धार टोली संलग्न छन्।”

सडकहरूमा अत्यधिक पानी जमेकाले उद्धार र मृतकको खोजी कार्यमा ढिलाइ भइरहेको छ । पश्चिमी टेक्सासमा केही घण्टाभित्रै बाढीको स्थिति अझ गम्भीर हुन सक्ने सम्भावना रहेको मौसम विभागले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काउन्टी शेरिफ ल्यारी एल लिथाले भने, “मृतकको परिवारलाई जानकारी दिन बाँकी भएकाले हाललाई उनीहरूको पहिचान सार्वजनिक गरिने छैन।”

केन्डल काउन्टीमा पनि एक जनाको मृत्यु भएको छ, तर त्यो बाढीसँग प्रत्यक्ष सम्बन्धित हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन।

टेक्सासका मेजर जनरल थोमस स्युल्जरले उच्च क्षमतायुक्त सैन्य सवारी साधनहरू प्रयोग गरी बाढीको पानीबाट प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताए । अहिलेसम्म २३७ जनालाई उद्धार गरिएको छ ।

टेक्सास पार्क रेंजरहरू बाढीपीडित नदी किनारको समर क्याम्पसम्म पुग्न सफल भएका छन् । केही बालबालिकालाई उद्धार गर्न सुरु गरिएको छ।

गभर्नर ग्रेग एबटले आपतकालीन घोषणा मा हस्ताक्षर गरेका छन् । उनले भने, “यस घोषणाले उद्धारकर्मीहरूलाई खोज कार्यका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउनेछ।”

नेशनल वेदर सर्भिसका अनुसार, पश्चिम मध्य टेक्सासमा अझै थप बाढीको सम्भावना रहेको छ।

मौसम विभागले मानिसहरूलाई पानी भरिएको सडक देख्नेबित्तिकै फर्कन सल्लाह दिएको छ। नदी किनार र कुलोहरू अस्थिर र असुरक्षित बन्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com