अमेरिकामा हत्या अभियोग पुष्टि भएपछि इन्जेक्सनमार्फत मृत्युदण्ड
प्रकाशित मिति : असार १२, २०८२ बिहीबार
अमेरिकाको मिसिसिपीमा एकजनालाई मृत्युदण्ड दिइएको छ । सबैभन्दा लामो समयदेखि मृत्यु पर्खिरहेका बन्दी रिचर्ड जेराल्ड जोर्डन लाई बुधवार राति मृत्युदण्ड दिइएको हो ।
करिब ५० वर्षअघि बैंक ऋण अधिकारीकी श्रीमती इडविना मार्टरलाई अपहरण गरी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो ।
उनलाई १९७६ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको अपिललाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।
उनलाई मिसिसिपी स्टेट पेनिटेन्सरी, पर्चमनमा लिथल इन्जेक्सनमार्फत सजाय दिइएको हो।
उनकी पत्नी मार्सा जोर्डन, कानूनी प्रतिनिधि क्रिस्सी नोबाईल र आध्यात्मिक मार्गदर्शक रेव टिम मर्फीले उन दिइएको मृत्युदण्डको दृश्य देखेका थिए ।
बेलायतमा डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरका अनुसार जोर्डन १९७० को दशकमा सजाय पाएका २२ मध्ये एक थिए ।
जोर्डनको पाँच दशक लामो कानुनी प्रक्रिया रहेका थिए । सर्वोच्च अदालतले उनको दावी अस्वीकार गर्यो ।
रिचर्ड जोर्डनको मृत्युदण्डले मिसिसिपीको ५० बर्ष लामो कानुनी विवादलाई अन्त्य गरेको छ ।








