Follow @khasokhasmag

गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

२० असोज, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

नागरिक दैनिकका अनुसार, हवाई इन्धनमा निगम सञ्चालक समितिलाई जानकारी नै नदिई खड्काले आफ्नो मनोमानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा दिएको लस टार्गेन (चुहावटमा तोकिएको लक्ष्य) ०.६२ प्रतिशतबाट बढाएर ०.८५ प्रतिशत पुर्याएका हुन् । लस टार्गेट सञ्चालक समितिले स्वीकृत दिएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले निगमका डिपो प्रमुखसँगको मिलेमतोमा बढाएका हुन् ।

विमानस्थलका तत्कालीन डिपो प्रमुख दीपक बराल र प्रकाश श्रीवास्तवले सञ्चालक समितिले दिएको लक्ष्य ०.६२ प्रतिशतभित्रै रहेर काम गरेका थिए । त्यसपछि आएका डिपो तत्कालीन डिपो प्रमुख प्रदीप यादवसँगको मिलेमतोमा खड्काले लक्ष्य ०.२३ प्रतिशतले बढाउँदा निगमलाई वार्षिक ३ लाख ३५ हजार आठ सय लिटर हवाई इन्धन अतिरिक्त खर्च देखाएर घोटाला गरिएको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com