गार्सियालाई अमेरिकामा कहिल्यै स्वतन्त्र हुन नदिने ट्रम्प प्रशासनको घोषणा


प्रकाशित मिति : असार ९, २०८२ सोमबार

अमेरिकाले गल्तीले निर्वासित गरिएका साल्भाडोरका नागरिकलाई कहिल्यै स्वतन्त्र नछोड्ने घोषणा गरेको छ ।

ट्रम्प प्रशासनले एल साल्भाडोरका व्यक्तिलाई गल्तीले निर्वासित गरेको थियो । पछि उनलाई आपराधिक अभियोगको लागि अमेरिका फर्काइएको थियो ।

न्यायाधीशले रिहा गर्न आदेश दिए पनि ‘अमेरिकी भूमिमा कहिल्यै स्वतन्त्र नहुने’ ट्रम्प प्रशासनले घोषणा गरेको छ। किल्मार एब्रेको गार्सिया नामका ती व्यक्ति मार्च महिनामा आप्रवासन कारबाहीको क्रममा निर्वासित गरिएको थियो ।

सरकारी अधिकारीहरूले उनी गल्तीले पठाइएका हुन् भनेका थिए । तर त्यसबेला उनलाई फिर्ता ल्याउन नसकेको बताए । यस महिनाको सुरुमा उनलाई अमेरिकी राज्य टेनेसी पठाइयो । जहाँ न्याय मन्त्रालयले उनीमाथि मानव तस्करी सम्बन्धी आरोपहरू लगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटीका प्रवक्ता ट्रिसिया म्याकलाफ्लिनले ूकिल्मार एब्रेको गार्सिया खतरनाक आपराधिक गैरकानुनी आप्रवासी भएका बताइन ।

हामीले महिनौंयता भनेका छौं र अहिले पनि सत्य हो उनी अमेरिकी भूमिमा कहिल्यै स्वतन्त्र नहुन उनको भनाईछ ।

सरकारले जूनको सुरुमा दायर गरेको फेडरल अभियोगमा एब्रेको गार्सियाले टेक्सासदेखि विभिन्न राज्यहरूमा गैरकानुनी आप्रवासीहरू ओसारपसार गर्ने तस्करी गिरोहमा सहभागी भएको आरोप लगाएको छ।

अभियोग अनुसार सन् २०१६ देखि हालसम्म उनले १०० भन्दा बढीपटक टेक्सासदेखि मेरील्याण्ड र अन्य राज्यहरूमा मानिसहरू ओसारेका थिए । उनले सबै अभियोगमा निर्दोष रहेको दाबी गरेका छन्।

ट्रम्प प्रशासनले उनलाई अपराधिक गिरोहको सदस्य भएको आरोप पनि लगाएको छ । जुन आरोप गार्सिया र उनका वकिलहरूले कडासाथ अस्वीकार गरेका छन्।

१५ मार्चमा उनी ट्रम्प प्रशासनको आप्रवासन कारबाही अन्तर्गत १७९८ को युद्धकालीन कानुन प्रयोग गरेर निर्वासित गरिएको थियो।

यस कानुनले राष्ट्रपतिलाई दुश्मन मुलुकका नागरिकहरूलाई हिरासतमा लिन वा निर्वासित गर्न अनुमति दिन्छ । उनीलाई एल साल्भाडोरको मेगा कारागार लगिएको थियो । यसलाई कठोर परिस्थितिको जेल मानिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com