वैवाहिक समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि बेहुलीसहित २ जनाको मृत्यु


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

सांकेतिक तस्बिर

फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ ।

आक्रमणबाट अन्य तीन जना घाइते भएको अनुसन्धानमा संलग्न एक स्रोतले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ४ः३० बजेको समयमा गौल्ट गाउँमा आक्रमण भएको थियो ।

प्रारम्भिक जानकारीअनुसार दुलहा र दुलही पार्टीबाट निस्कँदै गर्दा नकाबपोश आक्रमणकारीले गोली चलाएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

आक्रमणकारीमध्ये एकको दुलाहा र दुलही बोक्ने गाडी सुरक्षाका लागि भाग्दै गर्दा त्यसले दिएकोे ठक्करबाट मृत्यु भएको र दुलहीको आक्रमणकारीको गोली लागी मृत्यु भएको थियो ।

स्रोतका अनुसार गोली काण्डमा संलग्नको खोजीका लागि करिब १०० जना प्रहरी परिचालन गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com