झुटो विवरण दिएर ग्रीन कार्ड लिएको अभियोगमा हेइटीका पूर्व मेयरलाई अमेरिकामा ९ वर्षको जेल सजाय


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

हेइटीका पूर्व मेयरलाई अमेरिकामा ९ वर्षको जेल सजाय सुनाइएको छ । हेइटीको सानो सहरका पूर्व मेयर जीन मोरोज भिलिएनालाई अमेरिकी आप्रवासन कानून उल्लंघन गरेको अभियोगमा ९ वर्षको जेल सजाय सुनाइएको हो ।

अमेरिकी अदालती कागजातअनुसार उनले आफ्ना राजनीतिक विरोधीहरूमाथि अत्याचार, हत्या र यातना गरेको विवरण लुकाएर ग्रीन कार्ड लिएको प्रमाणित भएको हो ।

५३ वर्षीय भिलिएनालाई बोस्टनको मुख्य जिल्ला न्यायाधीश एफ डेनिस सेयलरले सजाय सुनाएका हुन् । मार्चमा जूरीले उनलाई अमेरिका भित्र प्रवेशका लागि गरिएको “सबैभन्दा गम्भीर प्रकारको आप्रवासन धोखाधडी” गरेको भन्दै दोषी ठहर गरेको थियो।

अभियोजन पक्षका अनुसार भिलिएनाले सन् २००८ मा अमेरिकी भिसा पाउँदा “म कुनै पनि गैर न्यायिक हत्या वा हिंसात्मक कार्यमा संलग्न छैन” भनेर फारममा झुटो विवरण दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिलिएना सन् २००६ मा हेइटीको ग्रामीण सहर लेस आइरोसको मेयर चुनिएपछि राजनीतिक विरोधीहरूलाई यातना दिने, अंगभंग गराउने र हत्या गराउने गतिविधिमा संलग्न थिए ।

उनीमाथि सन् २०१७ मा अमेरिकी टर्चर भिक्टिम र्पोटेक्सन एक्ट अन्तर्गत नागरिक मुद्दा दायर गरिएको थियो । उक्त ऐन अनुसार जब आफ्नै देशमा न्यायको विकल्प सकिएको हुन्छ, त्यस्ता व्यक्तिहरूविरुद्ध अमेरिका भित्रै मुद्दा चलाउन सकिन्छ ।

तीन हेइटी नागरिक डेविड बोनिफेस, जुडर्स इसेमे, र निसाज मार्टियरले भिलिएनाविरुद्ध मुद्दा दायर गरेका थिए । २०२३ मा अमेरिकी अदालतले भिलिएनालाई ती तीन व्यक्तिलाई १ करोड ५५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

सन् २००७ मा भिलिएनाले हतियारधारी समुह लिएर डेविड बोनिफेसको घरमा आक्रमण गरे र उनका दाजुलाई कुटपिट र गोली हानी हत्या गरेको आरोप छ ।

सन् २००८ मा उनले सामुदायिक रेडियो स्टेशनमा हमला गराउँदै मार्टियर र इसेमेलाई गोली हान्न र कुटपिट गर्न लगाएका अभियोग पत्रमा उल्लेख गरिएको थियो ।
भिलिएना अहिल म्यासाचुसेट्सको माल्डेनमा बस्दै ट्रक ड्राइभरको रूपमा काम गरिरहेका थिए ।

भिलिएनाको सजाय अमेरिकी आप्रवासन प्रणालीमा पारदर्शिता र मानव अधिकार उल्लंघनको विरुद्ध कठोर सन्देशको रूपमा लिइएको छ । हेइटीका पीडितहरूका लागि यो न्यायप्राप्तिको एक महत्वपूर्ण मोड पनि हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com