आइसको हिरासतबाट मुक्त भएका खलीलले ४ राज्यमा मात्रै यात्रा गर्न पाउने


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

प्यालेस्टिनी अधिकार कार्यकर्ता समेत रहेका महमूद खलीलले १०४ दिनको लामो हिरासतबाट मुक्त भएर परिवारसँग भेट गरेका छन ।

उनी कोलम्बिया विश्वविद्यालयका स्नातक र अमेरिकी स्थायी बासिन्दा पनि हुन् । उनलाई १०४ दिन अघि आइसले पक्राउ गरेको थियो । उनी शनिबार दिउँसो न्यू जर्सी, न्यूवाक विमानस्थलमा अवतरण गरेका थिए ।

उनी हाँसिलो अनुहारमा आफ्नो नवजात छोरासहित अगाडि आएका थिए । उनको साथमा श्रीमती नूर अब्दल्ला, कानूनी टोली र कांग्रेस सदस्य एलेक्जान्द्रिया ओकासिओ–कोर्तेज समेत थिए ।

“राजनीतिक अभिव्यक्तिको आधारमा गरिएको यातना गलत हो यो केवल महमूदको अधिकार मात्र होइन, सबैको पहिलो संशोधन अधिकारहरूमाथिको उल्लंघन हो” ओकासिओ कोर्तेजले जोड दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुइसियानाको जेना आइस हिरासतमा रहेको अवस्थामा उनी मार्च ८ मा पक्राउ परेका थिए । उनी कुनै आपराधिक कसुरमा आरोपित भने थिएनन् ।

न्यूर्जर्सीका संघीय न्यायाधीश माइकल फरबियार्जले “उनी कुनै जोखिममा नरहेका ” र “नागरिक सुरक्षामा कुनै खतरा होइन” भन्ने आदेश दिएका थिए ।

न्यायालयले हिरासतलाई असंवैधानिक ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । आइसले उनको पासपोर्ट र ग्रीन कार्ड जफत गरेको थियो । उनी सीमित न्यूयोर्क, मिशिगन, लुइसियाना, न्यूर्जर्सीमा मात्र यात्रा गर्न सक्नेछन् ।

कोर्ट सुनुवाइ र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीलाई ४८ घण्टामा आफ्नो ठेगाना जानकारी दिन अनिवार्य गरिएको छ ।

ट्रम्प प्रशासनले मार्चमा विदेशी विद्यार्थीलाइ “इजरायली–विरोधी आन्दोलन” गरेको आरोपमा प्रतिबन्ध र निकाला गर्ने घोषणा गरेको थियो । खलील पहिलो पक्राउ परेका विद्यार्थी थिए ।

महमूद खलीलको रिहाइले ट्रम्प प्रशासनको अभिव्यक्ति स्वतन्त्रता र आप्रवासन नीतिमा ठूलो चुनौती र विपरीत धार ल्याएको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com